CLASSICTECH NET

मेयरकप क्रिकेटको उपाधिका लागी इटहरी र विराटनगर भिड्ने

खबर पूर्वाञ्चल, २६ चैत्र २०७५, मंगलवार २०:५२

सुनसरी / इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिको लागी इटहरी र विराटनगर महानगरपालिका भिड्ने भएका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा इटहरीले बेलबारी नगरपालिकालाई र विराटनगरले बिर्तामोड नगरपालिकालाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा इटहरीले बेलबारीलाई ३ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो । इटहरी ९ स्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिड गरेको बेलबारी नगरपालिकाले निर्धारित १८ ओभरको खेलमा १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रनको योगफल खडा गरेको थियो । बेलबारीका लागी अमित यादव र आशिश झाले २०–२० रनको योगदान दिए । अन्य ब्याष्ट्सम्यानले दोहोरो रनको योगफल जोड्न सकेनन । इटहरीका म्यान अफद म्याच रवि साहले ४ विकेट लिँदा उज्वल श्रेष्ठले ३ विकेट र जोसेफ खड्काले २ विकेट लिए ।

जवाफमा ८२ रनको बिजयी लक्ष्य इटहरीले १५ दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । इटहरीका लागी अनिष लुइटेलले १६ रन बनाउँदा सलमान आलमले १३ रन र रवि साहले १२ रनको योगदान दिए ।
दोस्रो सेमिफाइनलमा विराटनगरले विर्तामोडलाई १ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिड गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ८२ रनको विशाल योगफल खडा गरेको थियो । विराटनगरका लागी दिपेश कंडेलले सर्वाधिक ५७ रनको पारी खेले । यस्तै पुष्प थापाले ३१ रन, फिर्दोस अन्सारी २९ रन र दिपक पासवानले २८ रनको योगदान दिए । विर्तामोडका विनित बास्तोलाले २ विकेट लिए ।

जवाफमा १ सय ८३ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको विर्तामोड १६ दशमलव ५ बलमा अलआउट हुदै ६० रन मात्र बनाउँन सक्यो । विर्तामोेडका लागी समिर कार्कीले २१ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकको रन जोड्न सकेनन । बिर्तामोडलाई सस्तैमा समेट्न पुष्प थापाले ३ विकेट, श्रवण यादव र म्यान अफ द म्याच दिपेश कंडेलले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५