CLASSICTECH NET

इटहरीमा प्रदेश स्तरिय मेयरकप क्रिकेट प्रतियोगिता सुरु

खबर पूर्वाञ्चल, २४ चैत्र २०७५, आईतवार २१:२८

सुनसरी / ईटहरीमा आजदेखि मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्दघाटन खेलमा इटहरी उपमहानगरपालिकाको रातो टिम र विराटनगरले विजयी सुरुवात गरेको छ ।

आज भएको पहिलो खेलमा इटहरी रातो टिमले दुहबी नगरपालिकालाइ ५५ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिड गरेको इटहरीले निर्धारित १६ ओभरको खेलमा ६ विकेट गुमाउदै १ सय १९ रनको योगफल खडा गरेको थियो । इटहरीलाई सम्मानजनक योगफल खडा गर्नको लागी सरोज कटुवालले ३४ रन, बिकेश बञ्जराले २३ रन र सुमन पौडेलले १६ रनको योगदान दिए । जवाफमा १ सय २० रनको बिजयी लक्ष्य पछ्याएको दुहबी नगरपालिकाले ११ दशमलव ४ ओभरमा अलआउट हुदै ६३ रन मात्र बनाउन सक्यो । दुहबीका लागी चन्दन रौनियारले २६ रन बनाउदा सुरज रौनियारले १४ रन जोडे । इटहरीका लागी म्यानअफ द म्याच भुपाल लुइटेल र सुमित तिमल्सीनाले ३–३ विकेट लिदा मनिष दाहालले २ विकेट लिए ।

दोस्रो खेलमा विराटनगर उपमहानगरपालिकाले इटहरी हरियोलाई १० रनले पराजित गरेकोछ । सोमबार पहिलो खेल बेलबारी नगरपालिका र पथरीनिश्चरे नगरपालिका बिच हुनेछ । यस्तै दोस्रो खेल बिर्तामोड नगरपालिका र इनरुवा नगरपालिका बिच हुनेछ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी छन । इटहरी ९ स्थित क्रिकेट मैदानमा चैत्र २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार र टफी तथा दोसो्र हुने टिमलाइ २५ हजार र टफी प्रदान गरिने छ । यस्तै बिधागत रुपमा उत्कृष्ट खेलाडीलाइ नगद तीन तीन हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाइ ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाइ नगद १ हजार प्रदान गरिने सहित टफी प्रदान गरिने मेयरकप क्रिकेट प्रतियोगिता संचालन समितीका संयोजक सिपी पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५