CLASSICTECH NET

अर्किड कलेजले गर्यो कक्षा १२ का विद्यार्थीलाई विदाई

खबर पूर्वाञ्चल, २३ चैत्र २०७५, शनिबार १५:५२

विराटनगर/ विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रमको आयोजना गरी १० औ ब्याचको विद्यार्थीहरुलाई बिदाई गरेको हो ।

कलेजमा विज्ञान तथा व्यवस्थापक संकायका ३ सय ३७ जना अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेका हो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल दिपेश बास्तोला, स्कूलका प्रिन्सिपल सिएम श्रेष्ठ, कलेजका निर्देशक निर्देशक अमित ढकाल,डा.राजन दत्त,शिक्षकहरु जितु श्रेत्री र रमेश निरौलालगायतले शुभकामना दिएर विद्यार्थीहरुलाई विदाई गरेको थिए । सोही अवसरमा कलेजबाट विदाई हुन लागेका निश्चल गुरागाईले कलेजमा दुई बर्ष वितेका अनुभव सुनाएका थिए । विदाई कार्यक्रमको सभापतित्व कलेका निर्देशक सिएम रिजालले गरेका थिए । कार्यक्रममा कलेजका पूर्व विद्यार्थी सौरभराज फुयल तथा कक्षा ११ का विद्यार्थी समिर बराईले गित गाएका थिए ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५