CLASSICTECH NET

चोरीमा संलग्न एक भारतीयसहित पाँच पक्राउ

खबर पूर्वाञ्चल, २२ चैत्र २०७५, शुक्रबार १९:४६

विराटनगर /रत्नप्रसाद आचार्यको घरमा चोरी गरेको आरोपमा मोरङ प्रहरीले एक भारतीयसहित पाँच जनालाई आज सार्वजनिक गरेको छ ।

चैत १८ गते राती विराटनगर ४ का आचार्यको घरमा चोरी गरेको आरोपमा प्रहरीले एक भारतीय सहित उनीहरुलाई पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको अररीया जिल्लाका २५ वर्षीय मोहम्मद सैैयुब, विराटनगर ८ का इमरान खान, कटहरी १ का ताजिम मियाँ र विराटनगर १३ का जमुना सहनीलाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । यसैगरी चोरीको सामान किन्ने मोरङ कटहरी २ का सरोजकुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले आचार्यको घरको छतको सिढिको ढोका तोडफोड गरी कोठाबाट लेनेभो कम्पनीको ल्यापटप, हवाई कम्पनीको मोवाईल, सामसुङ कम्पनीको क्यामेरा, पर्स, सिको घडी र नेट चलाउने मोडियम र घर कम्पाउण्ड भित्र पार्किङ गरी राखेको साईकल लगायतका सामाग्री चोरी गरेका थिए । चोरी गरेको सामान मध्ये मोहम्मद सैयुबको साथबाट प्रहरीले क्यामरा, ल्यापटप चार्जर, घडी, पेनड्राइभ र लत्ताकपडा बरामद गरेको छ ।

चोरीमा संलग्न ५ जना ब्यक्तिहरूलाई पक्राउ गरी मुलुकी फौजदारी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी कसुरमा थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५