CLASSICTECH NET

अलग पहिचानमा लर्डबुद्ध एकेडेमी

खबर पूर्वाञ्चल, २१ चैत्र २०७५, बिहीबार ०८:२०
प्रबन्धक निर्देशक राजन प्याकुरेल

विराटनगर / इन्ट्रान्स कक्षा सञ्चालन गर्ने एकेडेमीहरुको माझमा विराटनगर– १० निलसदनमा रहेको लर्डबुद्ध एकेडेमी फरक पहिचान बनाउन सफल भएको छ ।

२०५८ सालमा स्थापित लर्डबुद्ध इन्ट्रान्सका कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले प्रदेश १ को सवै भन्दा बढी विद्यार्थी उतिर्ण गराउँदै आएको छ । १७ वर्षदेखि निरन्तर इन्ट्रान्सका कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले आफूलाई अब्बल साबित गरेको छ । ६ जना विद्यार्थीबाट इन्टरमेडिएट तहको इस्टाफ नर्सकोलागि २०५८ तयारी कक्षाबाट सुरु भएको थियो । उक्त सालमा ४ जना विद्यार्थीलाई छात्रबृतिमा उत्तीर्ण भएका थिए । एकडेमीमा स्टाफ नर्सकालागि अहिले १ हजार भन्दा बढी विद्यार्थीले तयारी कक्षामा सहभागि भइरहेका छन् ।

लामो शैक्षिक अनुभव भएका शिक्षकहरुका कारण लर्डबुद्धले धेरै विद्यार्थी उत्तिर्ण गराउन सफल भएको एकोडेमीका प्रबन्धक निर्देशक राजन प्याकुरेल बताउँछन् ।
स्टाफ नर्स प्रिपरेशन कक्षा १० वा प्लस टुको भन्दा फरक हुने उनले बताए ।

स्टाफ नर्सको कोर्ष र पुस्तक एकेडेमीले आफै तयार गरेकोले पनि विद्यार्थीहरुलाई सहज हुने उनको भनाई छ । विद्यार्थीको अवस्था बुझेर शिक्षकहरुले पठन पाठन गराउने भएकाले पनि धेरै विद्यार्थी उत्तिर्ण गराउन सफल भएको
प्रबन्धक निर्देशक प्याकुरेलले बताए ।

एकडेमीले विगतमा सोधीएका प्रश्न पत्र पनि केलाएर विद्यार्थीलाई पढाउने उनको भनाई छ । विद्यार्थीको अवस्था बुझेर शिक्षकहरुले पठन पाठन गराउने भएकोले एकडेमीले बढी विद्यार्थी उत्तिर्ण गराउन सफल भएको प्रवन्धक निर्देशक प्याकुरेलले बताए । एकडेमीले विगतमा सोधीएका प्रश्न पत्र पनि केलाएर विद्यार्थीलाई पढाउने गरेको उनले बताए । इन्ट्रान्स प्रिपरेशन परिक्षाको तयारी भएका कारण एकेडेमीले दैनिक परीक्षा लिने गरेको छ ।

लामो अनुभव भएका शिक्षकहरुको समुहले एकेडेमी सञ्चालक गरेका कारण पनि बेग्लै पहिचान बनाउन सफल भएको हो । विराटनगरमा परिचित लर्डबुद्ध कलेज र शिक्षादिप कलेज लर्डबुद्ध एकेडेमीमा आबद्ध शिक्षकहरुको समुहले सञ्चालन गरिरहेको छ । जसको कारणले पनि एकेडेमीमा प्रिपरेशन कक्षामा सहभागि हुने विद्यार्थीले सफलता हासिल गरेका हुन् ।

एकेडेमीमा प्रत्येक वर्ष विज्ञान विषयको बृज कोर्ष पनि सञ्चालन गर्दै आएको छ । बृज कोर्षकालागि ६ देखि ७ सय जना विद्यार्थी सहभागि हुने गरेका छन् । बृज कोर्षमा विद्यार्थीहरुको रुची कुन विषयमा छ । कस्तो विषय अध्ययन गर्दा राम्रो हुन्छ । काउन्सिलिङ गरेर तयारी गराउँदै आएको प्रवन्धक निर्देशक प्याकुरेलले बताए । जसका कारण विद्यार्थीहरुलाई विषय छनोट गर्न सहज हुनेछ ।

लर्डबुद्ध एकेडेमीले हालसम्म स्टाफ नर्समा ४ हजार भन्दा बढी विद्यार्थी उत्तिर्ण गराइ सकेको छ । पूर्वाञ्चलका अधिकांश अस्पतालहरुमा लर्डबुद्धबाट तयारी कक्षा गरेका विद्यार्थीहरु कार्यरत रहेको प्रवन्धक निर्देशक प्याकुरेलको दाबि छ ।

प्रतिक्रियाहरु

  1. Dilli prasad Bhattarai लेख्नुहुन्छ

    good news

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५