CLASSICTECH NET

सार्वजनिक वित्तीय व्यवस्थापनमा हुने अस्वस्थतालाई हटाउनु पर्छ

खबर पूर्वाञ्चल, १९ चैत्र २०७५, मंगलवार २०:४४

विराटनगर / सार्वजनिक वित्तीय व्यवस्थापनमा हुने अस्वस्थतालाई हटाउनु पर्ने धारणा सहभागीहरुले राखेका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले आज विराटनगरमा आयोजित सार्वजनिक वित्तीय व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो धारणा राखेका हुन् ।

उनीहरुले सञ्चित कोषको रकम बाँडफाड तथा आम्दानी जम्मा गर्दा कानूनी दायराभित्र रहेर गर्नु पर्ने, जनताले जम्मा गरेको करको उचित सदुपयोग हुनु पर्ने र तीनै तहका सरकारले एउटै सिद्धान्त र पद्धतिलाई पहिल्याउनु पर्ने सुझाव समेत दिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले हाम्रो अर्थतन्त्र राजस्वमुखि भएको र अर्थ सङ्कलन र खर्च चक्रप्रणाली अन्तर्गत भएकाले यसलाई पारदर्शी बनाउनु पर्ने बताए ।उनले सोचे अनुसारको विकास बजेट खर्च नभएको बताउँदै कानूनी जटिलता र कर्मचारीका अभावमा अझै विद्यमान रहेको बताए ।

संघीयताको कार्यान्वयन तीव्र गतिमा भइरहेको विचार व्यक्त गर्दै मन्त्री आङ्बोले कार्यान्वयनको तहमा पुग्न सक्ने मात्र योजना बन्ने बताए । झन्झटिलो खरीद ऐनले गर्दा पनि बजेट खर्च गर्न समस्या देखिएको बताउँदै मन्त्री आङ्बोले सञ्चित कोषमा रकम थुप्रेर बस्नु राम्रो नभएको बताए ।

प्रदेश नं.१ मुख्यमन्त्री कार्यालयका सचिव भूवन आचार्य,महालेखा निर्देशक चन्द्रकान्त भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हरिहर पौडेल, पीइएफएका सुशिल पाण्डेले राज्यकोषबाट खर्च गर्दा वित्तीय अनुशासनलाई भत्काउन नहुने वताए ।
समाजका अध्यक्ष पुष्पराज आचार्यले सरकारले गर्ने खर्चलाई मित्तव्ययी बनाई बढी प्रतिफल हासिल गर्ने तर्फ हुनु पर्ने कुरामा जोड दिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५