प्रहरीलाई प्रविधि मैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने–मन्त्री कार्की

खबर पूर्वाञ्चल, १९ चैत्र २०७५, मंगलवार १६:५२

झापा / प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले प्रहरीलाई प्रविधि मैत्री र भौतिक पूर्वाधार सम्पन्न बनाउने कार्यमा प्रदेश सरकारले रहेको बताए ।

आज झापाको काँकरभिट्टामा इलाका प्रहरी कार्यलयको शिलान्यास गर्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् । मन्त्री कार्कीले आन्तरिक सुरक्षाको अग्रपंक्तिमा रहने प्रहरी भौतिक, मानसिक र शारीरिक रुपमा सम्पन्न भएमा मात्र आम नागरिकहरुले सुरक्षाको प्रत्याभुति पाउन सक्ने र विकास निर्माणका काममा समेत तिब्रता आउने प्रष्ट पारे ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सिमा नाकामा खटिने प्रहरीले सारा देशकै सुरक्षा स्थितिको प्रतिनिधित्व गर्ने हुँदा सिमित श्रोत साधन तथा भौतिक पूर्वाधारका वावजुद पनि सुरक्षा प्रदान गर्दै आईरहेकोमा प्रदेश सरकारको बजेट मार्फत सुबिधा सम्पन्न कार्यालय भवन निर्माण हुनुले कार्य सम्पादनमा थप हौसला प्राप्त हुने बताए । उनले प्रहरीलाई श्रोत साधनले सम्पन्न बनाउने प्रदेश सरकारको उदेश्य अनुसार प्रदेश भरी बिभिन्न प्रहरी कार्यालयहरुको निर्माण भईरहेको हुँदा आगामी दिनहरुमा कार्य सम्पादन थप प्रभावकारी हुने पनि प्रष्ट पारे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसारका कार्यक्रमहरु सञ्चालन गर्दै प्रहरी र नागारीक एक अर्काको परिपुरक भएर कार्य गर्दा अपराधीक गतिबिधीहरु स्वत न्यूनिकरण हुने धारणा राखेका थिए ।

तीन करोड भन्दा बढीको लागतमा निर्माण हुन लागेको इलाका प्रहरी कार्यालय काकरभिट्टाको कार्यालय भवनको शिलान्यास प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५