पूर्वाञ्चल खबर
विराटनगर / कान्तिपुर कलेजका भाइस प्रिन्सिपल भुवन नेपालले आफ्नो छोराको जन्मोत्सवको अवसरमा बृद्धलाई भोजन गराएका छन् ।
नेपालले छोरा आहानको पहिलो जन्मोत्सवमा विराटनगर–८ अशोक चौक स्थित विराटेश्व बृद्धा आश्रममा रहेका ५० जना बृद्ध–बृद्धालाई एक छाक भोजन गराएका हुन् ।
नेपालले भोजनका साथै फलफुल तथा मिठाई लगायत भवन निर्माणर्थ नगद ५ हजार २५ समेत आश्रमलाई हस्तान्तरण गरेका छन् । नेपाल कान्तिपुरलगायत विभिन्न संघ–संस्थामा आवद्ध रहेका छन् ।