AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङको दाम्राभीट्टा स्कूल ,गुणस्तरीय र अन्तरास्ट्रिय शिक्षा पद्धतीबाट सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ चैत्र २०७५, सोमबार २१:१७
3
Shares

रंगेली / मोरङको रतुवामाई ८ मा रहेको दाम्राभीट्टा सेकेण्डरी इंङलिस स्कूल नयाँ स्वरुपमा सञ्चालन हुने भएको छ । करिब १ दशक लामो इतिहास बोकेको उक्त स्कूल अस्ट्रेलिया तथा विराटनगरका अनुभवी तथा यूवा प्राध्यापकसहितको सहभागितामा आगामी नयाँ शैक्षिकसत्रबाट सञ्चालनमा आउन लागेको हो ।

स्कूल व्यस्थापनमा अस्ट्रेलिया तथा विराटनगरका शैक्षिक क्षेत्रमा अनुभब प्राप्त समुहको आगमन संगै स्कूलका शैक्षिक , भौतिक तथा अन्य पक्ष सबल बनाउँदै लगिने स्कूलका एकेडेमिक निर्देशक पंकज खड्काले जानकारी दिए ।विराटनगर वा काठमाण्डौं कै शैशिक गुणस्तरको शिक्षा उक्त स्कूलमा लागु गरिने पनि खड्काले बताए ।

विद्यार्थीहरुलाई अन्तरास्ट्रिय शिक्षण बिधिबाट पढाइ गराइनु साथै व्यावारिक तथा जीवन उपयोगी शिक्षा दिने उदेश्यसहित हाल स्कूलको भौतिक संरचना साथै अन्तरास्ट्रिय बिधिबाट पढाउने मैत्री संरचना तयार हुदै आएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर