RUMPUM
animated ellipse animated ellipse

दिपेश र रशिलालाई कृष्णमोहन स्मृती ब्याडमिन्टनको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ चैत्र २०७५, शुक्रबार १७:३१
3
Shares
काठमाण्डौं / एपिएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१–१२, १८ –२१, २१–१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दिपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रीत युगलतर्फ गरि तीन उपाधि हात पारे । गत संस्करणका विजेता रत्नजीत तामाङ्ग प्रशिक्षणका क्रममा जापानमा रहेका कारण प्रतियोगितामा उपस्थित थिएनन् ।

महिला एकलतर्फ अघिल्लो संस्करणकी उपविजेता सेनकी रशिला महर्जनले उपाधि उचालिन् । महर्जनले नगद ५० हजारसहित ट्रफी प्राप्त गरिन् । उनले आयोजक एपिएफकी जेशिका गुरुङ्गलाई २१–१४, १३ –२१, २१–१८ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । महर्जन छात्रा यू – १७ को पनि विजेता हुन् । गत बर्षकी विजेता सेनाकी नङ्गशलदेवी तामाङ्गले कार्य व्यस्तताका कारण प्रतियोगितामा सहभागिता जनाएकी थिईनन् ।

यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दिपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१–१६, २१– ४ को सहज जित निकाले । महिला युगलतर्फ एपिएफकी पुजा श्रेष्ठले आफ्नो साख जोगाईन् । उनले जेशिका गुरुङ्गसँग मिलेर महिला एकलकी विजेता सेनाकी रशिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाईन् । श्रेष्ठ र गुरुङ्गको जोडीले महर्जन र राईको जोडीलाई २१–१०, २१–१९ को सोझो सेटमा पराजित गरे । गर्त बर्ष जित हात पार्दा पुजाको जोडीमा शिक्षा श्रेष्ठ थिईन् ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

कुल ७ लाख १० हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष एकल र युगलका शिर्ष दुईले नगद ६० र ३० हजार तथा तेश्रो स्थानका दुईले नगद २५ हजार (१२ हजार ५ सय गुणा २) प्राप्त गरे । यस्तै पुरुष एकल तर्फ क्वाटरफाईनल पुग्ने ४ खेलाडीले प्रत्येकले नगद ५ हजार प्राप्त गरे ।

महिला एकल तर्फ शिर्ष दुईले नगद ५० हजार र २५ हजार तथा तेश्रो हुनेले नगद १२ हजार ५ सय प्राप्त गरे । महिला युगल तर्फ प्रथम हुने जोडीले नगद ४० हजार, दोश्रो जोडीले नगद २५ हजार र तेश्रो जोडीले नगद १० हजार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर