RUMPUM
animated ellipse animated ellipse

सवारी दुर्घटना न्यूनिकरण गर्न हरेक क्षेत्रको सहयोगको जरुरी छ : डिआजी रिजाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ चैत्र २०७५, बिहीबार २०:४५
3
Shares

सुनसरी / ट्राफिक ब्यवस्थापन र सडक सुशासन कायम गर्ने कार्यमा प्रहरी एक्लैको प्रयास असफल हुने हुँदा स्थानीय सरकारलगायत समाजका हरेक वर्ग, बिभिन्नसंघ संस्थाहरु र आम नागरीकहरुको पनि उत्तिकै साथ र सहयोग हुनु पर्ने १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बताउनु भएको छ ।

आज सुनसरीको ईटहरीमा भएको सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी १५ दिने महाअभियानको समापन कार्यक्रममा बोल्दै डिआजी रिजालले सो कुरा बताएका हुन् ।

१५ दिने महाअभियानको समापन कार्यक्रका डिआजी रिजालले समुदाय प्रहरी साझेदारी कार्यक्रमको परिकल्पना अनुरुप १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियान सञ्चालन गरेकोमा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुलाई धन्यबाद दिनुका साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्थानीय जनप्रतिनिधीहरु, १४ वटै जिल्लाका बिभिन्न संघ संस्था, सवारी चालक र सह चालक तथा सर्वसाधारण महानुभावहरुप्रति समेत हार्दिक आभार प्रकट गरे ।

डिआजी रिजालले यस १५ दिने सवारी दुर्घटना न्यूनीकरण महाअभियानको समापनमा उठेका बिषयहरुलाई पनि आगामी दिनहरुमा कार्यक्षेत्रमा लागु गर्न आफु प्रतिबद्ध रहेको बताउँदै अभियानमा सहयोग तथा ट्राफिक ब्यबस्थापन लगायत विविध कार्यमा सहकार्य गर्ने ब्यक्तिलाई सम्मान गरे ।

कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले १५ दिने महाअभियानको कार्ययोजना र कार्यक्रम अनुसार प्रदेश भरी नै विभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको र सो कार्यक्रमबाट १ लाख ४९ हजार भन्दा बढी नागरीकहरु प्रत्यक्ष सहभागी भएको जानकारी दिए ।

कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश बिष्ट, यातायात ब्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष कृष्णप्रसाद सुवेदी तथा नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाईलीले सवारी दुर्घटना न्युनिकरण तथा सडक सुशासन कायम राख्ने कार्यमा आफुहरुको पनि भरपुर साथ र सहयोग गर्नै बताएका छन् ।

सवारी दुर्घटना न्यूनिकरण महा अभियानको फाल्गुन ३० गते नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिर्तामोडको उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर