AArya
RUMPUM
animated ellipse animated ellipse

दलित महिलालाई मोसो दलेर यातना दिएको प्रकरणमा मुछिएका उपप्रमुखलाई कार्वाही गर्न माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ चैत्र २०७५, बुधबार १९:५१
3
Shares
पथरी / पथरी शनिश्चरे नगरपालिका ८ दोलु शुक्रबारेकी ३० बर्षिया सारदा बराईलीलाई मोसो लगाउनेलाई ढाकछोप गरेको आरोप लगाउदै दलित अधिकारकर्मी तथा अगुवाहरुले पथरी शनिश्चरे नगरपालिका उपप्रमुखको राजिनामा र इलाका प्रहरी ईन्र्चाजलाई कार्वाही गर्न माग गरेका छन ।

उनीहरुले घटनाको विषयमा अध्ययन प्रतिबेदन सार्वजनिक गर्दै आज पथरीमा पत्रकार सम्मेलन गरेर उपप्रंमुख यमुना बिष्ट बास्तोला र इलाका प्रहरी कार्यालयका इन्सपेक्टर कमल बजगाईलाई बिभागिय कार्वाही गर्न माग गरेका हुन् ।
घटना अगाडी उपप्रमुख बास्तोलाले न्यायिक समितिमा निबेदन लिएर न्याय माग्न जाँदा उल्टै निबेदन फयाँकेर पिडितलाई अभद्र व्यवहार गरेको र घटना पछि झुठो कागजमा सही गराउन लगाएको उनीहरुले आरोप लगाएका छन् ।

प्रतिबेदन अनुसार उपप्रमुख समेतको उपस्थितिमा औषधी खाएर सुतिरहेको समयमा अपरान्ह्र घरमा पुगेर सादा पोशाकका प्रहरीले बाटाको कागज हो भन्दै झुठो बयानमा सही गर्न लगाएका थिए । प्रतिबेदनमा मलाई मोसो दलको साँचो तर को को थिए म चिन्दीन भनेर पिडितले बयान दिएको भन्दै झुठो कागजमा सही गराईएको उल्लेख गरीएको छ ।

दलित अधिकारकर्मीहरुले मोसो दलेको घटनाका सवै आरोपीहरुलाई जातिय बिभेद तथा छुवाछुत कसुर अपराधमा थप मुद्दा दर्ता हुनुपर्ने र झुठो बयानमा सही गराएको अभद्र व्यवहारको मुद्दा खारेज गरेर अर्को सार्वजनिक अपराध मुद्दा दर्ता गर्न माग गरेको नेपाल राष्ट्रिय दलित समाजकल्याण संघ मोरङका कार्यक्रम अधिकृत अमर बराइलीले बताए ।

मोसो दलेर अमानविय यातना दिएको घटना सार्वजनिक भएपनि ईलाका प्रहरी पथरीले छिमेकी पारस लिम्बु उनका भाई फिफराज लिम्बु , गोमा खडका , उषा लिम्बु , विमला लिम्बु , प्रमिला लिम्बु , पथरी शनिश्चरे नगरपालिका बोर्ड सदस्य गीता बिश्वकर्मालगायत ७ जनालाई पक्राउ गरेर अभद्र व्यवहार अपराधमा जिल्ला प्रशासन मोरङमा मुद्दा दर्ता गराएको छ । आरोपीहरु ओमनाथ बराईली , यशोदा थापा र ओममनी लिम्बु अझै फरार छन । सारदालाई चैत ५ गते विहान चरित्रहिनको झुठो आरोप लगाउदै मोसो दलेर कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर