RUMPUM
animated ellipse animated ellipse

प्रहरीले मोरङबाट विप्लवका कोशी ब्युरो ईन्चार्ज सहित दुई नेता पक्राउ, उनीहरुको अवस्था अज्ञात

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ चैत्र २०७५, सोमबार १९:४५
3
Shares
विराटनगर / हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेता मोरङबाट पक्राउ परेका छन् ।

पूर्वको उत्तरी र दक्षिण भेगको ग्रामिण बस्तीहरूमा बसेर सो समूहले विभिन्न गतिविधि तथा बैठक सञ्चालन गरिरहेको सूचनाको आधारमा केही दिनदेखि सक्रिय प्रहरीले आइतबार साँझ मोरङको कानेपोखरीबाट दुई जनालाई पक्राउ गरेको हो ।

नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक ओखलढुङ्गा घर भएका घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी िब्यूरो सदस्य आकाश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार श्रेष्ठ र शर्मालाई गाउँमा बसेर शंकास्पद गतिवधि गरिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका –४ नारायणचौकबाट पक्राउ गरेको हो ।

मोरङको कानेपोखरी गाउँपालिकामा बिप्लप समूहका नेता तथा कार्यकता रहेको विशेष सूचना पाएपछि प्रहरीको विशेष टोली त्यसतर्फ प्रस्थान भएको थियो । सर्च गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरको हो । द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन ।

श्रेष्ठ र शर्मालाई सादा पोषाकमा खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेर विराटनगर ल्याएको सुरक्षा स्रोतको दाबी छ । ब्यूरो प्रमुख श्रेष्ठ र शर्मालाई प्रहरीले पक्राउ गरिएको कोशी ब्यूरो सदस्य प्रज्जवल श्रेष्ठले पुष्टि गरे । प्रहरीले श्रेष्ठ र शर्मालाई पक्राउ गरि चरम यतना दिदै वेपता पारिएको प्रज्जवले आरोप लगाए ।

यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमखु एसपी मनोजकुमार केसी र प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले श्रेष्ठ र शर्मा प्रक्राउ परेको विषयमा कुनै जानकारी दिएको छैनन । पक्राउ परेका भए हामी सबैलाई जानकारी दिने एसपी केसीले बताए । प्रहरीले उनीहरूको माध्यमबाट अन्य विप्लपको समूहलाई पनि पक्राउ गर्ने उद्देश्यले पुष्टि नगरेको सुरक्षा स्रोतको दाबी छ ।

सरकारले विप्लब समूहलाई प्रतिबन्ध लगाएपछि केही दिन अगाडि मोरङ प्रहरीले विप्लब नै आएको सूचना पाएको थियो । त्यस सूचनाको आधारमा उनलाई पक्राउ गर्न केही दिन अगाडि डिएसपी नेतृत्वमा प्रहरी टोली उत्तरी मोरङको सर्च अभियानमा गएको थियो । केराबारी, लेटाङ्ग, जाते, याङ्गशिलाको गाउँमा प्रहरी पुगेपनि कसैलाई पक्राउ गर्न सकेको थिएन ।

सरकारले प्रतिबन्ध लगाएसँगै विप्लप समूहका अधिकांश नेता तथा कार्यकर्ता भुमिगत नै भएका छन् । उनीहरुले प्रयोग गर्ने मोवाइलको सिम पनि परिवर्तन गरेको सुरक्षा स्रोतले जनाएको छ । प्रहरीले सूचना संकलन, निगरानी र कारबाहीको काम गोप्य राख्न प्रदेश प्रहरी कार्यालय अन्तर्गतको विशेष ब्युरोलाई पनि सक्रिय बनाएको छ ।

शुक्रबार राति प्रहरीले पार्टीको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन)सहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो ।

यसैविच नेत्रविक्रम चन्द नेतृत्तवको नेपाल कम्युनिष्ट पाटीले प्रहरीले पक्राउ गरिएको कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी ब्यूरो सदस्य माधव गौतम (आकाश) लाई तत्काल रिहाइ गर्न माग गरेका गरेको छ ।

आइतबार साँझ मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको श्रेष्ठ र गौतमलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । नेपाल क्युनिष्ट पार्टीको पूर्वी कमाण्ड इन्चार्ज विरहीले आज एक विज्ञाप्त जारी गर्दै प्रहरीले गिरफतार शैलीमा श्रेष्ठ र शर्मालाई पक्राउ गरेको र तत्काल नछोडे जनप्रतिरोधमार्फत कडा कदम चाल्ने विज्ञाप्ती मार्फत चेतवनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर