पूर्वाञ्चल खबर
विराटनगर / प्रदेश १ को चार अस्पताललाई स्तरउन्नति कार्य शुरु गरेको छ ।
प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी वनाउने कार्य शुरु गरेको हो ।
प्रदेश सरकार अन्तर्गत रहेको तीन जिल्लाका चार वटा अस्पतालमा ५० शैयामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको छ ।
मन्त्रालयले मोरङ जिल्ला अन्तर्गतको रंगेली जिल्ला अस्पताल, मंगलवारेको स्वास्थ्य केन्द्र, झापाको दमक जिल्ला अस्पताल र उदयपुर जिल्लाको कटारी अस्पताललाई स्तरवृद्धि गर्ने कार्य शुरु गरेको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङ , झापा र उदयपुुर अन्तर्गतका चार वटा अस्पतालको स्तरउन्नतिका लागि आवश्यक वजेट विनियोजन गरी कार्य अगाडि वढाएको वताए ।
उनले शैय्या थप गरी जनतालाई उपचारका लागि आवश्यक पर्ने विभिन्न सेवा तथा सुविधाहरु सहज रुपमा पाउने गरी सञ्चालन गर्न लागिएको जानकारी दिए । हाल उक्त अस्पतालहरु १५ शैय्यामा संचालित रहेका छन् । अस्पताल स्तरउन्नतिका लागि प्रत्येक जिल्ला अस्पतालका लागि प्रदेश सरकारले १ करोड ३० लाख रकम विनियोजिन गरि सकेको छ ।
यही आर्थिक वर्ष जिल्ला अस्पतालवाट दक्ष चिकित्सकवाट सेवा सुविधा सर्वसाधारणले उपलव्ध गराउनका लागि स्तरउन्नती गर्न लागिएको मन्त्री घिमिरेले वताए ।
मन्त्रालयले पहिलो चरण अन्तर्गत उक्त अस्पतालमा सेवा सुविधा उपलव्ध गराएका पछि प्रदेश अन्तर्गतका अन्य जिल्ला अस्पतालका शैय्या थप गरी आवश्यक कार्य गरिने जनाएको छ।
जिल्ला अस्पतालमा तोकिए अनुसारका चिकित्सक सहित अन्य स्वास्थ्यकर्मी नहंदा सर्वसाधारणले सहजरुपले सेवा उपलव्ध गर्न पाएका छैनन ।