CLASSICTECH NET

श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल उपाधि नजिक

खबर पूर्वाञ्चल, ६ चैत्र २०७५, बुधबार १३:५७

पुष्पराज थपलिया
विराटनगर /घरेलु टोली नेपाल विराटनगरमा जारी पाँचो साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि नजिक प्रवेश गरेको छ । नेपालले आज भएको पहिलो सेमीफाइनल खेलमा श्रीलंकामाथि शानदार ४–० को फराकिलो गोल अन्तरले पराजित गर्र्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत सावित्रा भण्डारी र रेखा पौडेल ले गोल गरेका हुन् । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । पुनमले कप्तान निरु थापाको बाइसाइकल किकलाई गिता रानाले दिएको पासको सदुपयोग गर्दै पुनमले गोल गरेकी थिइन् । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई देब्बर गरिन् । श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले क्लियर गरेको बललाई रोकेर अनिताले गोल गरेकी हुन् ।
८२ औं मिनेटमा नेपालको गोल मेसीन सावित्रा भण्डारीले हेदिङले गोल गरेकी थिइन । उनले अनिता बस्नेतको क्रस पासको सदुपयो गर्दै गोल गरिन् । प्रतियोगितामा यो सावित्राकोे तेस्रो गोल हो । ८६ औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपाललाई ४–० गोल अन्तरले जिताइन् । उनलेले पनि अनिताले दिएको पासमानै गोल गरिन् । रेखा ६४ र्औ मिनेटमा कप्तान निरु थापाको बदलामा मैदानमा प्रवेश गरेकी हुन् ।

सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बल कप्तान निरु थापाले हेड गर्दै गोल गर्ने प्रयास गरेकी थिइन् । तर पोष्टभन्दा केही माथिबाट बाहिरियो ।

१६ औं मिनेटमा अनिताको पासलाई सावित्रा भण्डारीको सशक्त प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् । ३४ औं गिता रानाको कर्नर पासलाई मञ्जलीकुमारी योञ्जनले गरेको प्रहार श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले बचाइन् ।

दोस्रो हाफमा अझ सुधारिएको प्रदर्शन गरेको नेपालका केही प्रयासलाई श्रीलंकाली गोलरक्षक विजेरथ्नले असफल तुल्याइन् ।६० औं मिनेटमा अनिता बस्नेतले लामो राइट फ्यांकबाट प्रहार गरेको बल श्रीलंकाली गोलकिपर अयोमी विजेरथ्नले पञ्च गर्दै गोल पोष्ट बाहिर पठाइन्

८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । तर उनी ८३ औं मिनेटमा वान भर्सेस् वानमा गोल गर्न चुकिन् । नेपालले उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५