विप्लव समूहले हतियार नबुझाए सरकारले नियन्त्रण गर्ने चेतावनी : प्रम ओली

प्रमले शुभारम्भ गरे फलफूल तथा तरकारी थोक बजार
खबर पूर्वाञ्चल, ३ चैत्र २०७५, आईतवार २०:०६

विराटनगर / प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले विप्लव माओवादीले सरकारले दिएको समयभित्र अवैध हात हातहतियार नबुझाएमा वर्तमान सरकारले आफै हतियार नियन्त्रण गर्ने बताएका छन् । भूमिगत संघर्षको नाममा लुटपाट, आतंक सृजना गर्ने समूहलाई सरकारले तह लगाएर छोड्ने प्रधानमन्त्री ओलीले चेतावनी दिए ।

विराटनगर नजिकै कटहरी गाउँपालिका – २ स्थित तरकारी तथा फलफुल थोक बजार केन्द्रको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले चन्दा संकलनको नाममा लुटपाट, आतकं भनेजति पैसा नदिए तोडफोड, आगजनि गर्ने माओबादी विप्लव समुहले तोकिएको समय सिमा भित्र हतियार नबुझाएमा सरकारले जसरी भएपनि नियन्त्रण गरेर छाडने चेतावनी दिएका हुन् ।

विप्लव समुहको गतिबिधि प्रति आक्रोशमा उत्रिएका प्रधानमन्त्री ओलीले लोकतन्त्रमा लुटपाट गर्ने अधिकार कसैले नभएको बताए । ‘लुटेरा समुहहरूले दिएको समयसिमा भित्र हतियार बुझाएनन भने हामी आफै हतियार खोस्छौ,’ प्रधानमन्त्री ओलीले भने, ‘गलत बाटो सच्याउन हामीले समय दिएका छौं ।

लुटपाट, आतंक मच्याउँदा सरकार टुलुटुलु हेरेर बस्दैन ।’ चन्दा संकलनका नाममा लुटपाट गर्ने, सञ्चार टावर, हाईड्रो पावर, यातायात र निर्माण संरचनाहरुमा बम बिस्फोट गराउने, मानिशको अपहरण र हत्या गर्ने कार्य गरेकोले शान्ति सुरक्षाकालागि सरकारले बिप्लव समुहमाथि प्रतिबन्ध लगाएको प्रम ओलीले जानकारी गराए ।

सरकारले स्वतन्त्र मधेशको नाममा गतिबिधि गरिरहेको सिके राउतसँग वार्ता गरेर सरकारले बिखण्डन र पृथकताबादलाई समाप्त पारेको उनले बताए । ‘सरकारले पृथकताबाद र बिखण्डनको अत्या गर्दा केही बुद्धिजिवीहरुले आलोचना गरेमा आफुलाई अचम्म लागेको छ,’ उनले भने, ‘सरकारले राष्ट्र हितकालागि काम गर्दा हदैसम्म आलोचना गर्नेहरु आफनो शान्ति बिथोल्ने योजना बिफल भएकोले तिलमिलाउन थालेका छन् ।’ उनले भने, ‘मलाई देशका बृद्धिजिबी अगुवा भन्नेहरुको बृद्धिदेखेर दया लागेर आउँछ । लुटने कार्यलाई पनि चन्दा भनिरहेका छन । धेरै भयो अव देशमा हिंसाको आवश्यकता छैन ।’

प्रम ओलीले आम यूवा जमातलाई लुटेर हैन गरेर खान आग्रह गरे । उनले युवाहरु आग्रह गर्दै भने, ‘देश हामीले बनाउने हो । यसैले आफनो बहादुर लुटेर हैन गरेर खान खर्च गर्नुहोस ।’

प्रमले शुभारम्भ गरे फलफूल तथा तरकारी थोक बजार

प्रधानमन्त्री ओलीले कटहरी गाउँपालिकामा निर्माण गरिएको प्रदेश १ स्तरीय फलफूल तथा तरकारी थोक बजार शुभारम्भ गरेका छन् । आज एक औपचारिक कार्यक्रमबीच प्रम ओलीले बजारको साँचो प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे । ५ विगाहा २ धुर जमिनमा निर्माण गरिएको सो बजारको लागत १५ करोड ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ । विश्व बैंकको सहयोगमा प्याक्ट परियोजना अन्र्तगत सो बजार निर्माण गरिएको हो । अत्याधुनिक प्रशासन भवन, सटर, सौचालय डिप बोरिङ,स्टल, थोक विक्रि केन्द्र बजारमा निर्माण गरिएको छ ।

प्रम ओलीले नेपाल बिकासको वाटोमा दिन दिनै एक कदम अगाडी बढदै गएको र त्यसको उदाहरण कटहरीको तरकारी तथा फलफुल थोक बजार भएको बताए ।

उनले देश कृषी प्रधान भए पनि व्यवहारमा त्यस्तो नभएकोले बजारको बिस्तारिकरण सँगै उत्पादनमा जोड दिन आग्रह गरे । उनले एक नम्बर प्रदेश सरकारलाई आग्रह गर्दे भने, ‘यसैले कृषकलाई बोलाएर हैन उनीहरु भएका ठाउँमा गएर सेवा दिन थाल्नुपर्छ ।’

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संघीय सरकारबाट निर्माण भई तुरुन्तै प्रदेश सरकारमा हस्तान्तरण हुनुले संघीयताको मर्मअनुसार चल्न सरकार तदारुक भएको सन्देश गएको बताउँदै भने,‘‘अब कार्य्विधि र निर्दे्शिका बनाएर तरकारी बजारलाई व्यवस्थित ढंगले प्रदेश सरकारले संचालन गर्नेछ ।’’ उनले तरकारी बजारमा उपभोक्ता र बिक्रेताले अत्याधुनिक सेवा सुविधा पाउने यो नै प्रदेशको मुख्य बजार भएको चर्चा गरे ।

प्रतिक्रियाहरु

  1. Kumar giri लेख्नुहुन्छ

    Katahari gaupalika 2 hoina 1 ho

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५