CLASSICTECH NET

ग्रेडेडमा विज्ञान तथा चित्रकला प्रर्दशन

खबर पूर्वाञ्चल, २ चैत्र २०७५, शनिबार १९:०७

विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा विद्यार्थीहरूले विज्ञान तथा चित्रकला र नृत्य प्रर्दशन गरेका छन् ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरि विज्ञान र चित्रकला तथा नृत्य प्रर्दशन एक साथ गरेका हुन् ।

विद्यार्थीहरूले विज्ञानसँग सम्बिन्धित सामाग्री र विभिन्न प्रकारका चित्रकलाहरू प्रर्दशनमा राखेका थिए । कक्षा ५ देखि ९ कक्षासम्मका विद्यार्थीहरूले २३ वटा स्टल विज्ञान प्रर्दशनमा राखेका थिए भने कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरूले चित्रकला प्रर्दशनमा राखिएको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

विज्ञान प्रर्दशनमा विद्यालयका प्रल्हात चौधरी, विनय मण्डल र मदन कार्कीले ‘रकेट लन्चर’ गरेका थिए । त्यस्तै विज्ञान प्रर्दशनमा हाइड्रोलिक जेसिबी, क्रेन, विद्युतिय जहाल, स्मार्ट सिटीलागयत रहेको थियो । विद्यार्थीहरूमा रहेको अन्तर हिन प्रतिभा उजागर गर्ने उद्देश्यले विज्ञान र चित्रकला प्रर्दशन आयोजना गरिएको स्कूलका प्रिन्सिपल सुवालले बताए ।

कार्यक्रममा विद्यार्थीहरू नृत्य, गायन प्रस्तुत गरि सहभागि भएका अभिभावकहरुलाई मनोरञ्जन प्रदान गरे ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५