खेलाडीलाई हौसला दिन मन्त्री घिमिरे धनगढीमा

खबर पूर्वाञ्चल, १ चैत्र २०७५, शुक्रबार २२:४०

धनगढी / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे खेलाडीलाई हौसला दिन सुदुरपश्चिम प्रदेशको धनगढीमा शूरु प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन पुगेका छन् ।

मार्चपासमा सहभागि हुँदै प्रदेश १ का खेलाडीहरु । तस्वीर सौजन्य शुसान्त बन्जारा

प्रतिनिधि सभा सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेको अन्तरप्रदेश खेलकुद प्रतियोगितामा प्रदेश १ का सरकारको प्रतिनिधित्व गर्दै मन्त्री घिमिरेले सम्बोधन गर्दै सघिय सरकारले प्रदेश सरकारलाई अधिकार दिने कुरामा ढिलाइ गर्न नहुने बताउँदै सघियता र लोकतान्त्रिक पद्धतिको वकालत मात्र गर्ने भन्दा यसलाई व्यवहारमा पनि लागु गर्नु पर्ने उनले बताए।

प्रतियोगितामा फुटबल, क्रिकेट, व्याटमिन्टनलगायत खेलमा सातै प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । धनगढी रंगशालामा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महरा, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सासदलगायत बोलेका थिए ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५