CLASSICTECH NET

श्रीज्ञानोदय स्कूल २५ औं वर्षमा

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७५, बिहीबार २०:२४

विराटनगर / बेलवारी–६ वाहुनीमा रहेको श्रीज्ञानोदय इंलिस स्कूलले २५ औं अभिभावक दिवस मनाएको छ । स्कूलमा एक कार्यक्रमको आयोजना गरि स्कूलले अभिभावक दिवस मनाएको हो ।

कार्यक्रmमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गित तथा नाटकलगायतका विभिन्न प्रस्तुती उपस्थीत अभिभावक, अतिथीलगायतलाई दिनभर मनोरञ्जन दिएका थिए । कार्यक्रममा स्कूलले लिएको आन्तरिक परीक्षा तथा खेलकुदमा प्रथम, दितिय र तुतिय हुने विद्यार्थीहरुलाई मेडल तथा पुरुस्कार वितरण गरिएको छ ।

प्रमूख अतिथि ससत्र प्रहरी वेश क्याम्प बाहुलीका प्र.ना.नि. दिपक श्रेष्ठ, अभिभावकहरु ताराबहादुर कटुवाल, मोहनबहादुर कार्की तथा स्कुल प्रिन्सिपल रमेशकुमार चौधरीलगायतले बोलेका थिए ।
स्कूलका सञ्चालक कृष्ण भण्डारीको सभापतित्वमा अभिभावक दिवस सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५