AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

यूवालाई दक्षजनशक्तिको रुपमा तयार गरेमा मात्र मुलुकको समृद्ध कायम हुन्छ–मन्त्री आङवो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० फाल्गुन २०७५, बिहीबार २०:०४
3
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश सभाको हिउँदे अधिवेशनवाट मनमोहन पोलिटेक्निक इन्सिच्यूटलाई प्राविधिक विश्वविद्यालय स्थापना गरिने प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रवहादुर आङवोले वताएका छन् ।

वाम प्रजातान्त्रिक आन्दोलनका नेतृत्व पूर्व उप्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको विराटनगरमा आज भएमा श्रद्धान्जली सभामा कार्यक्रममा मन्त्री आङवोले सो कुरा वताउएका हुन् ।
मन्त्री आङवोले स्व. अधिकारीको सपनालाई साकार वनाउन प्राविधिक विश्वविद्यालय स्थापना गरी यूवालाई दक्षजनशक्तिको रुपमा तयार गरेमा मात्र मुलुकको समृद्ध कायम गर्ने सोच अनुसार आगामी वर्षदेखि आङगिक क्याम्पसले अध्यापन शुरु गर्ने जानकारी दिए ।

स्व. अधिकारीले मुलुकको दुई वटा संविधान निर्माण गर्ने कार्यमा सन्तुलित भूमिका निर्वाह गरेको चर्चा गदै अस्पताको शैय्यावाट उहाँले दिएको सुझाव र आग्रह अनुसार दुई वामपार्टी सहज एकिकरण भएको बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एक महिनाको अवधिमा यस क्षेत्रका दुई महापुरुष स्व.अधिकारी र बालकृष्ण पोखरेलको निधनले अपुरणीय क्षति पुगेको वताउँदै भावि पुस्ताले सम्झनका लागि उहाँहरुको नाममा सडक, चौकको नामकारण गरिने जानकारी दिए । प्रमुख पराजुलीले स्व. अधिकारीको ४५ औं दिनमा महानगरपालिकाले श्रद्धाञ्जली सभाको आयोजना गर्ने वताए ।

प्रदेश सभासदस्य लिलावल्लभ घिमिरेले स्व अधिकारीले राजनीतिलाई निष्ठा, आर्दश र समासेवाको रुपमा प्रयोग गर्नु भएकोले यसलाई अनुसरण गर्नुृ पर्नेमा जोड दिए ।
विष्णु माया पुस्तकालयका सभापति केशव गौतमको सभापतित्वमा भएको उक्त सभामा पूर्व शिक्षामन्त्री राधाप्रसाद घिमिरे, पूर्व संघीय सांसद ऋषिकेश पोखरेल, कृष्ण पोखरेल,डा. भेषप्रसाद धमलाले स्व. अधिकारीले स्थापना गर्नु भएको सामाजिक सुरक्षा (वृद्ध )भत्ता, सुत्केरी, एकल महिला,विधुवा भत्ता र जग्गाको रजिष्ट्रेशनममा छुट दिएर महिला शसक्तिकणमा क्षेत्रमा योगदानको जनताले सदैव स्मरण गर्ने वताए ।

स्व. अधिकारीको सम्मानमा पुस्तकालयलको पहिलो तल्लाको नामको उनको अंकित गर्ने,आगामी छ महिना भित्र स्व. अधिकारीको स्मरणमा स्मारिका प्रकाशन गर्ने र उहाँको घरजाने विराटनगरको वाटोको नाम स्व. अधिकारीे राख्न महानगरपालिकालाई आग्रह गर्ने समेत निर्णय गरिएको जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर