भुटानलाई पराजित गर्दै बंगलादेश अन्तिम चारमा, भुटान बाहिरियो भने एक खेलअघि नै नेपाल अन्तिम चारमा प्रवेश

खबर पूर्वाञ्चल, ३० फाल्गुन २०७५, बिहीबार १७:५२
बंगलादेशकी मोनीका चक्मा लगेका बललाई भुट्नीज देलाडी बल रोक्ने प्रयासमा । तस्वीर : एन्फा

पुष्पराज थपलिया
विराटनगर / भुटानलाई पराजित गर्दै साविक उपविजेता बंगलादेश पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको अन्तिम चारमा प्रवेश गरेको छ ।

बंगलादेशको विजयसँगै घरेलु टोली नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । नेपाल र बंगलादेशविचको शनिबार हुने लिगको अन्तिम खेलमा समुह विजेताको टुङ्गो लाग्ने छ ।

साफमा पहिलो जितको खोजीमा रहेको भुटानले विराटनगरको शहिद मैदानमा भएको खेलमा साविक उपविजेता बंगलादेशलाई २–० को गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट समुह ए बाट पहिलो चरणबाट प्रतियोगिताबाट बाहिरिएको छ । भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग ३–० को गोल अन्तरले पराजित भएको छ भएको थियो । बंगलादेशको जितमा मिश्रात जहान मौसमी र सविना खातुनले गोल गरे ।

पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । बंगलादेशको आक्रमणलाई भुटानी डिफेन्डरले पहिलो हाफसम्म विफल बनाएका थिए।
मौसमीले खेलको ४७ औँ मिनेटमा मोनीका चक्माको कर्नर बललाई सदुपयोग गर्दै हेडर गोल गरि बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन् । खेलमो ८५ औं मिनेटमा बंगालदेशकी कप्तान साविना खातुनले गोल गर्दै बंगलादेशलाई २–० गोलको जीत दिलाइन् ।

तुलनात्मक रुपमा बलियो टोली बंगलादेशले भुटानविरुद्ध संघर्षपूर्ण जित निकालेको हो । शुरुदेखि नै आक्रामक खेल खेलेको बंगलादेशका लागि भुटानी गोलकिपर संगीता मोंगर बाधक बनेकी थिइन् । बंगलादेशको आधा दर्जन प्रहारलाई भुटानी गोलकिपर मोंगरले उत्कृष्ट बचाउ गरेकी थिइन् । खेलको ३६ औं मिनेटमा बंगालदेशकी कप्तान सविना खातुनले प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् । शुक्रबार समूह ‘बी’का श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५