प्याब्सनको राष्ट्रिय अध्यक्षमा टिकाराम पुरी निर्विरोध निर्वाचित

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७५, बुधबार २०:२९

विराटनगर / निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) राष्ट्रिय अध्यक्षमा विराटनगर एभरेष्ट स्कूलका संस्थापक प्रिन्सिपल टिकाराम पुरी निर्विरोध निर्वाचित भएका छन् ।

काठमाण्डौंमा आज प्याब्सनको १४ औं महाधिबेशनले टीकाराम पुरीको अध्यक्षतामा नयाँ कार्यसमिती निर्वाचित भएको हो । नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरूको पहलमा सहमति भएको हो । पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरी अध्यक्ष र ढुङ्गाना सहअध्यक्ष हुनेगरी समझदारी गरिएको हो ।

कार्यसमितिको सह–अध्यक्षमा डिके ढुङ्गाना र बरिष्ठ उपाध्यक्षमा राजेन्द्र बानीया निर्वाचित भएको निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गरेको छ ।

खुला उपाध्यक्षमा ईश्वर गुरुङ, डि आर ढकाल, दिपीका रिमाल थापा, कृष्णप्रसाद अधिकारी, टंक भट्टराई, गोपालप्रसाद आचार्य, भरत बाबू कँडेल चयन भएका छन् ।

महासचिवमा कुमार घिमिरे निर्वाचित भए भने उपमहासचिवमा आरबी कटुवाल, किशोर गौतम चयन भएका छन् । त्यस्तै सचिवहरुमा मधु लोहनी, शिव कार्की, भीमसेन केसी, भुवनलाल श्रेष्ठ, संगीता सिलवाल, मदन कुमार आचार्य र राजेशकुमार दास निर्वाचित भए ।

कोषाध्यक्षमा सन्तोषमणी नेउपाने निर्वाचित भए भने सह–कोषाध्यक्षमा मीनप्रसाद बन्जाडे, गणेश श्रेष्ठ, आशा खड्का र गणेशबाबु पोखरेल चयन भए ।

भुगोलतर्फ उपाध्यक्षमा प्रदेश १ मा नारायण घिमिरे, २ मा गोपाल कार्की प्रदेश ५ मा बिष्णु पन्थी कर्णाली प्रदेशमा बालदेव कँडेल र सुदुरपश्चीम प्रदेशबाट जगबिर थापा उपाध्यक्षमा निर्वाचित भए । कूल दुई हजार ४३८ प्रतिनिधि सहभागी सम्मेलनमा आज निर्वाचनको कार्यक्रम तय गरिएको थियो ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५