CLASSICTECH NET

सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरीकहरुले सुरक्षा प्रत्याभुती गर्न सक्दैनन् – मुख्य मन्त्री राई

खबर पूर्वाञ्चल, २९ फाल्गुन २०७५, बुधबार १८:५४

विराटनगर / प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले सुरक्षा अवस्था मजबुत नभएसम्म विकास निर्माणलाई अगाडी बढाउन नसकिने बताए ।

प्रदेश १ को प्रहरी कार्यालय विराटनगरको भवनको शिल्यानास गर्दै मुख्य मन्त्री शेरधन राईले सो बुरा बताएका हुन् । मुख्य मन्त्री शेरधन राईले प्रदेश सरकारको पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको समेत बताए । सुरक्षा ब्यवस्था मजबुत नभएसम्म आम नागरीकहरुले सुरक्षा प्रत्याभुती गर्न नसक्ने हुँदा सबैले सुरक्षाको प्रत्यक्ष अनुभुती पाउने गरी नागरीक मैत्री सुरक्षा ब्यबस्थालाई अवलम्बन गररने मुख्य मन्त्री शेरधन राईले बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धीतर्फ अगाडी बढ्न सकिने तथ्यलाई प्रदेश सरकारले आत्मसाथ गरेको बताए । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जहाँ सुरक्षित वातावरण छ त्यहाँ बिकासका कामहरु धमाधम हुने हुँदा कुनै पनि अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए । प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिलाई शिरोपर गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गर्ने बताएका छन् । उनले सुरक्षा ब्यबस्थालाई मजबुत बनाउँन प्रदेश सरकारबाट पाएको सामिप्यता र अबिभावकत्व आफुले पनि मनन गरेको हुँदा विकास निर्माणलगायतका सम्पुर्ण कार्यहरुमा आवश्यकता अनुसार सुरक्षा ब्यबस्था प्रदान गर्न निर्देशन समेत दिए ।

प्रदेश १ का प्रहरी प्रमुख प्रहरी प्रहरी नायव महानिरीक्षक केदार रिजालले सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउँदै आन्तरिक शान्ति सुरक्षाको अग्र भागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधीमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि त्यतिकै आवश्यकता रहेको बताए । उनले प्रदेश सरकारबाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै सान्दर्भीक रहेकोसमेत बताए ।

मुख्य मन्त्री राईले एक समारोहका विच शिलालेख अनावरण गरी विधिवत रुपमा शिलान्यास गरेका छन् । साथै मुख्य मन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २ सय वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत गरे ।

प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थीक बर्ष ०७५–०७६ मा ५ करोड बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुविधा सम्पन्न कार्यालयको भवन निर्माण सम्पन्न हुने प्रदेश १ प्रहरी कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५