RUMPUM
animated ellipse animated ellipse

मनमाया, सरु र कविता विराटनगरको ब्राण्ड एम्बेसडर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०७५, सोमबार २१:४६
3
Shares

विराटनगर / नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन जना खेलाडीलाई विराटनगर महानगरपालिकाले ब्राण्ड एम्बेस्टर घोषणा गरेको छ ।

विराटनगरमा मंगलबारदेखि शुरु हुने पाँचौ साफ महिला च्याम्पीयनशीप फूटवल प्रतियोतिता खेल्न टोलीमा सहभागि मोरङका सरु लिम्बु, मनमाया लिम्बु र कविता धिमाललाई ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

सरु पथरी, मनमाया लेटाङ र कविता उर्लाबारीका हुन् । मनमाया र सरु ससत्र प्रहरीबाट खेल्दै आएका छिन् भने कविता आर्मी क्लबाट फुटबल खेल्दै आएकी छिन् ।
आज साँझ अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले तीन खेलाडीलाई ब्राण्ड एम्बेस्टर घोषणा गरे । उनीहरुलाई अन्य सुविधासहित नेपालभर प्लेन खर्चसमेत महानगरले दिने मेयर पराजुलीले बताए । नेपालले साफ च्याम्पियनसिपको उपाधि जिते तीनैजना खेलाडिलाई नगदसहतिको विशेष सम्मान गर्ने मेयर पराजुलीले खबर पूर्वाञ्चललाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर