CLASSICTECH NET

घरेलु मैदानमा च्याम्पियन बन्ने नेपाली चेलीको लक्ष्य

खबर पूर्वाञ्चल, २७ फाल्गुन २०७५, सोमबार २०:१५

विराटनगर / मंगलबारदेखि विराटनगरमा हुने पाँचौ साफ महिला च्याम्पीयनशीप फूटवल प्रतियोतिको शिल्ड आज विराटनगरमा सार्वजनिक गरिएको छ ।

अखिल नेपाल फूटवल संघ(एन्फा)ले विराटनगरमा आयोजित प्रि म्याच प्रेस कन्फरेन्समा शिल्ड सार्वजनिक गरेको हो । प्रेस कन्फरेन्समा सबै देशका प्रशिक्षक र टिमका कप्तानहरुले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाइएको बताए ।

साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले घरेलु टोली नेपाल उच्च मनोबलसहित मैदान ओर्लंदै छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले घरेलु मैदानमा साफ च्याम्पीयन बन्ने बताएका छन् । आज भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक खड्काले तयारी राम्रो भएको र टिम शारीरिक तथा मानसिक रुपमा तयार रहेकाले च्याम्पीयनको हकदार रहेको बताए ।

“च्याम्पीयन बन्ने रणनीति भन्दापनि पहिलो लक्ष्य समूह विजेता बन्दै सेमिफाइनल पुग्ने हो । खेलाडी मानसिक र शारीरिक दुवै रुपमा तयार प्रशिक्षक खड्काले बताए । हामी उत्कृष्ट खेल प्रदर्शन गर्नेछौं । सबै टोलीप्रति सम्मान छ । सबैको सम्मान गर्दै खेल प्रदर्शन गर्नेछौं,’‘ प्रशिक्षक खड्काले भने, “चीनसँगको मैत्रीपूर्ण खेल त्यसपछि ओलम्पिक छनोट र भारतमा सम्पन्न हिरो वुमेन्स गोल्डकपलगायतका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी उच्च मनोबलमा विराटनगर आएको प्रशिक्षक खड्काले बताए ।”

टोलीकी कप्तान निरु थापाले तयारी राम्रो भएकाले च्याम्पीयन बन्ने बताइन् । खेलाडीहरु प्रतियोगिताका लागि मानसिक र शारीरिक रुपमा बलियो रहेको उनको भनाइ छ । “पछिल्लो समय भारतलाई हराएका छौं । राम्रो गर्नेछौं, टोली राम्रो बनेको छ । आक्रामक खेल खेल्नेछौं,” कप्तान निरुले बताइन् । निरु थापाको कप्तानीमा रहेको नेपाली महिला टोलीले मोफसलको घरेलु मैदानमा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्दै छ । नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन ।

पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था रहेको छ भने भुटानविरुद्ध पछिल्लो ५ खेलमा जितको मीठो अनुभव नेपाली टोलीसँग रहेको र यस प्रतियोगिताका लागि उच्च तयारी गरिएको नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए ।

महिला साफमा अहिलेसम्मकै शक्तिशाली मानिएको चारपटकको उपाधि विजेता भारतका मुख्य प्रशिक्षक मेमोल रोकीले उपाधि दाबेदारको रुपमा आफूहरु नेपाल आएको बताएकी थिइन् । भारतकी प्रशिक्षक मामुल रविले भनिने “चौथो संस्करणसम्म च्याम्पीयन बनेका छौं । यसपटक पनि उपाधि लग्नेमा कुनै संका नरेको बताईन् । समूहका बाँकी टोली पनि राम्रा छन् । हामी जित्न आएका हौं । दबाबमा नभई राम्रो खेल प्रदर्शन गर्नेछौं ।” भारतीय टीमका कप्तान फुसलता देवीले प्रतियोगिताको उपाधि रक्षा गर्ने भन्दै फाइनलमा हाम्रो प्रतिस्पर्धा कुन देशसंग हुने हो त्यो अहिले भन्न नसकिने वताइन् ।
चौथो संस्करणको उपविजेता बंगलादेशले पनि उपाधि लक्ष्यका साथ विराटनगर आएको बताएको छ । वंगलादेशका प्रशिक्षक गोलम रावानीले नेपाली टोली शक्तिशाली रहेको वताउँदै पहिलो लक्ष्य सेमिफाइनल र त्यसपछि उपाधि हो ।” विगतका खेलहरु संस्मरण गर्दै प्रशक्षिक रब्बानीले भारतीय टोली राम्रो भएपनि नेपाली टोली बलियो भएको बताएका छन् ।

यसैगरी बलियो राष्ट्र भारतको समूहमा रहेको माल्दीभ्सका प्रशिक्षक मोहम्मद अकिव र कप्तान फदुवा जहिदले हाम्रो पहिलो लक्ष्य सेमिफाइन रहेको बताएका छन् ।

श्रीलंकाको पनि माल्दीभ्सको जस्तै कथा रहेको छ । बलियो राष्ट्र भारतको समूहमा शानदार सुरुआत गर्दै  पहिलो लक्ष्य सेमिफाइन रहेको बताएका छन् । श्रीलंकाका प्रशिक्षक तिलक रोहन र कप्तान इरानवी कुमुदुलावाले यूवा खेलाडीहरु रहेको हाम्रो टिम उच्च मनोबलका साथ नेपाल आएको बताए ।
आयोज नेपालको समुहमा रहेको भुटानका भूटानको टोली भने दक्षिण कोरियाका प्रशिक्षक सङ जाइ लिको प्रशिक्षणमा रहेको छ । विगत तीन वर्षदेखि भूटानी टोलीको जिम्मेवारी सम्हालिरहेका लि ले आफूहरु जितको भोको रहेको बताए । यूवा खेलाडीलाई प्राथमिकतामा राखेको बताएका प्रशिक्षक लि ले भविष्यमा भूटानको महिला राष्ट्रिय टोली बलियो बनाउनेतर्फ आफू केन्द्रित रहेको स्पस्ट पारे । प्रतियोगितामा नेपाललाई दाबेदारीको रुपमा लिएको बताएका प्रशिक्षक लि ले आफूहरु नेपालसंगको पहिलो खेलमा लक्षित रहेको जानकारी दिए । सोही क्रममा भूटानका कप्तान सोन्मा छोदेनले साफमा जितको पर्खाइमा रहेको हुनाले टोली केही दबाव र चुनौतिपूर्ण अवस्थामा रहेको बताइन् । ९ वर्षअघि बाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ भने, चिरप्रतिद्धन्दी भारतले चारैपटक उपाधि हात पारेको छ । एकपटक बंङलादेश उपविजेतामा रहेको छ। 



एन्फाका प्रवक्ता किरण राई र आयुश खडकाले  प्रतियोगिता विराटनगरमा गर्न पाउँदा खुशी व्यक्त गर्दै नेपाली खेलाडीको तयारी उच्चस्तरको रहेकोले उपाधि जित्नेमा ढुक्क रहेको बताए ।

मंगलबार शुरु हुने प्रतियोगिताको उद्धघाटन पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने तय भएको छ । उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । फागुन २८ गतेदेशिख शुरु हुने चैत ८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा नेपाललगायत भारत, वंगलादेश, भूटान, श्रीलंका र माल्दीभ्सको राष्ट्रियस्तरको महिला फूटवल टोलीको सहभागिता रहेको छ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५