RUMPUM
animated ellipse animated ellipse

हत्या आरोपमा नेकपाका नेता गुरुङ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ फाल्गुन २०७५, आईतवार १७:४०
3
Shares

विराटनगर/ मोरङ बेलबारीकी एक युवतीको हत्या आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङ पक्राउ परेका छन् ।

नेता गुरुङले बेलवारी नगरपालिका –४ ब्धबारेकी २६ वर्षीया रमिला राईको हत्या गरी शव बेपत्ता बनाएको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । राई फागुन १७ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा राईको हत्या गरी गरी शव सप्तकोशीमा फालेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मोरङका एस्पी मनोज केसीले बताए । पक्राउ परेका गुरुङले युवतीलाई कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । शुक्रबार भेटका क्रममा विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले बताएको छ ।

एस्पी केसीका अनुसार शप्तकोशीमा शव खोज्न इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको टोली परिचालन गरिएको छ । गुरुङ पक्राउ परेपछि केही बिषय बाहिर आएको र प्रमाण संकलनको काम भइरहेको एस्पी केसीले बताए । ‘ केही दिनदेखि गुरुङ समेत बेलबारी छोडेर सम्पर्कबिहिन भएपछि प्रहरी उनको पछि लागेको थियो । प्रहरीले शुक्रबार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियो ।

युवती हराएको रात उनीहरुसँगै रहेको र उनी घर नफर्किएपछि ती महिलाका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो,गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको क्रममा उनलाई केन्द्रीत गरी प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा धेरै कुराहरु आएको भएपनि प्रमाण जुटाउने क्रममा प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तत्कालीन एमालेका पूर्व बेलवारी अध्यक्ष गुरुङ महिलासँग प्रेम सम्बन्धमा रहेको प्रहरी स्रोतले बताएको छ । गुरुङकी श्रीमती भने काठमाडौं बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर