गैडा टाईम्स नाटक मञ्चन हुँदै सकियो अन्तराष्ट्रिय नाटक महोत्सव (फोटो फिचर)

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७५, शुक्रबार २२:४०
विराटनगरको गुरुकुलमा मञ्चन नाटक गैडा टाईम्स अभिनय गदै कलाकार । तस्वीर:पुष्पराज थपलिया

पुष्पराज थपलिया
विराटनगर । गैडा टाईम्स नाटक मञ्चन गरि विराटनगरमा भएको अन्तराष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ ।

विराटनगर स्थीत आरोहण गुरुकुलको शुसिला कोइराला नाटक घरमा फागुन १५ गतेदेखि शुरु भएको अन्तराष्ट्रिय नाटकमा १० नाटक मञ्चन हुँदै आज सम्पन्न भएको हो । आज मञ्चन थरिएको गैडा टाईम्सले आप्ना वाको खाग चोरी भएपछि तस्करहरुबाट खाग फिर्ता ल्याउन काठमाण्डौं हिडेको केटाको कथा देखाउँन खोजिएको छ । जंगल र जनावर समाजको हिसा रहेको करालाई समेत नाटकमा देखाइएको छ ।

देशको राजनितिक परिदृश्य जनतामुखि महसुज हुन नसकेको समाजमा न्याय र समृद्धि प्रतिक्षित नाटकमा देखाउँन खोजेको नाटकका निर्दैशक सजिन दाहालले बताए । नाटकमा सागर खत्री(कामी),सुमित्रा पेही, आस्था निरौला, मौषम राना,छोमु शेर्पा, विकाश रुङ्गमाङ्ग राई, किरण भेटवाल,दिवेश लामिछाने, दिपक खरेल,सुवासचन्द्र खेरेल,ज्ञानेन्द्र मगर र याङशाङ मुकारुङले अभिनय गरेका छन् । बुद्धिसागरले लेखेका नाटकको निर्दैशक सिजन दाहालले गरेका छन् ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले एद्घाटन गरेका नाटक प्रदेश १ का सामाजिक विकाश मन्त्री जिवन घिमिरेले समापन गरे ।

फागनु २५ गतेदेखि मञ्चन गरिएकोे नाटकमा नेपाल, बंगलादेश, इटाली, भारत, श्रीलंका, अफगानिस्तान देशका कलाकारहरु विराटनगरमा नाटक मञ्चन गरृका थिए ।

सो अवसरमा रंगकर्मी अनील पोखरेल र ईन्द्र परियारलाई सामाजिक विकाश मन्त्री जिवन घिमिरेले दोसला ओढाएर विशेष सम्मान गरेका थिए । प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिका मेयर भीम पराजुली र गुरुकुलका केन्द्रीय कोषाध्इष प्राज्ञ निशा शर्मा पोखरेल गुरुकुद विराटनगरका अध्यक्ष भैरव क्षेत्री नाटक हेरेका थिए । तस्वीरहरु पुष्पराज थपलिया

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५