RUMPUM
animated ellipse animated ellipse

टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ फाल्गुन २०७५, बुधबार १५:५९
3
Shares
टिकापुर / टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्म कैदको फैसला सुनाएको छ ।

आज फैसला सार्वजनिक गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले यस्तो फैसला सुनाएको हो ।

उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३, ३ अनुसार जन्मकैद हुने फैसला गरिएको अदालतको फैसलामा उल्लेख छ । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एसएसपी र एक नाबालकसहित ९ जनाको हत्या भएको थियो । घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए । मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन । यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो । १२औं पेसीमा यसको फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ । घटनाको सुनुवाइमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई गत बुधबारदेखि निरन्तरता दिएको थियो ।

घटनाको दुई बर्ष ६ महिना पछि अदालतको फैसला सार्वजनिक भएको हो । अर्का थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुरम चौधरीलाई तीन बर्षको सजाए सुनाइएको थियो । तीन बर्ष सजाय भोगी सकेकाले उनीहरु आजै रिहा हुदैछन् ।
घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै पहलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर