पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट आज दिउँसो प्रतिबन्धित लागुऔषध सहित एक महिला पक्राउ परेकी छिन् ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट नेपाल तर्फ आईरहेकी धरान उप महानगरपालिका ८ की ३५ बर्षीया रिया लिम्बु तामाङलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट डाईजोल्याब २० एम्पुल, एभिल २० एम्पुल, लुपिजेसिक २० एम्पुल, एस.पी. चक्की १६ पिस र नाईट्रोजन चक्की ५ पिस बरामद गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेकी महिलालाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।