AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मन्त्रीमण्डल पुर्नगठन कुनै तयारी छैन –अध्यक्ष प्रचण्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७५, सोमबार २०:३४
3
Shares
विराटनगर / अहिलेको अवस्थामा मन्त्रीमण्डल पुर्नगठन गर्ने कुनै तयारी नभएको नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुुष्पकमल दाहालले वताएका छन् ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहसंग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले पार्टीका दुुई अध्यक्षको वीचमा मन्त्रीमण्डल हेरफेर गर्ने विषयमा कुुनै छलफल नभएको बताए ।

मन्त्रीमण्डल पुर्नगठन प्रधानमन्त्रीको अधिकार भएकोले पत्रपत्रिकामा आएजस्तो यस सम्वन्धमा दुई अध्यक्षवीच कुनै छलफल नभएको अध्यक्ष दाहालले जानकारी दिए । उनले वर्तमान सरकारले गियर परिवर्तन गरिसकेको हुनाले पछिल्लो निर्णय र विकास निमार्ण घोषणाले पनि सरकारले गति लिएको बताए ।

विकास निमार्ण र समृद्धको जनताको सपनालाई पुुरा गर्न सरकार सफल हुुने अध्यक्ष दाहालले वताए । उनले दुुवै पार्टीको एकिकरणको कार्य अन्तिम चरणमा पुुगेको भन्दै त्यसलाई टुुंगो लगाउनमात्र वाँकि रहेको प्रष्ट पारे ।

पार्टी एकताका लागी सवै प्रदेशमा प्रस्ताव तयार भइसकेकाले काठमाडौ फर्के पछि प्रधानमन्त्रीसंग छलफल गरी यस विषयमा टुुंगो लाग्ने अध्यक्ष दाहालले वताए । शान्ति प्रक्रियामा सहभागी भइसकेको नेकपा (माओवादी)ले आफूसंग हातहतियार व्यवस्थापन गरिसकेको अवस्थामा अहिले त्यो वेलाको हातहतियार कसरी आएको थाहा नभएको अध्यक्ष दाहालले बताए । उनले संघीय समाजवादी फोरमसंग भएको तीन वुंदे सहमती अनुसार संविधान संशोधनका आवश्यक समयमा गरिने बताए ।

राष्ट्रिय जनता पार्टी(राजपा) नेपाललाई सरकारमा सहभागि गराउने विषयमा कुनै निर्णय नभएको जानकारी दिदै अध्यक्ष दाहालले राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने सम्वन्धमा कुनै जानकारी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर