AArya
RUMPUM
animated ellipse animated ellipse

एजेलीया स्कूल ३५ वर्षमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० फाल्गुन २०७५, सोमबार १६:५९
3
Shares

विराटनगर / विराटगर–१ मा रहेको एजेलीया सेकेण्डरी स्कूलले ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ ।

स्कुलले विराटनगर सभागृहमा आज विभिन्न कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको हो ।

वर्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्य र नाटकलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी सामाजिक विकाश मन्त्री जिवन घिमिरेले अव प्रदेश १ मा रहेको सम्पूर्ण स्कूल प्रविधि शिक्षा लागु गरि किताव र झोला रहितको शिक्षा ल्याउँने तयारी रहेको बताए । कार्यक्रममा प्रदेश सांसद यसोदा अधिकारी, विराटमहानगर पालीकाका शिक्षा महाशाखा प्रमुख रुद्रप्रसाद द्लाल, स्कूलका कार्यकारी निर्देशक दिनेश ढुंगाना,स्कुलका प्रिन्सिपल सेवक बजगााई र स्कूलका निर्देशक यमुना दत्त दाहाललगायतले बोलेका थिए ।

स्कूलका व्यवस्थापन समितिका अध्यक्ष सारदा दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर