RUMPUM
animated ellipse animated ellipse

मत्स्य जोन मोरङको अध्यक्षमा उप्रेती

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७५, आईतवार २०:०६
36
Shares

विराटनगर / प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मत्स्य जोन सञ्चालक समिति मोरङको अध्यक्षमा गणेश उप्रेती (शुशिल) चयन भएका छन् ।

मोरङको कटहरी गाउँपालिका स्थित जीवन विकास समाजको सभा हलमा आज भएको दोस्रो वार्षिक साधारण सभाले समितिको उपाध्यक्षमा दुर्गा कार्की, सचिव देवराज चौधरी र सह–सचिबमा सन्तोष मण्डल रहेका छन् । समितिका अन्य सदस्यहरूमा बासुदेव राय, सिहेश्वर विश्वास, विमला विष्ट श्रेष्ठ र कर्ण बहादुर थापा छन् । समितिको सल्लाकारहरूमा योगेन्द मण्डल, गोपाल सेडाई, विमला घिमिरे रहेका छन् ।

परियोजनाको उद्घाटन शत्रमा बोल्ने बक्ताहरूले मोरङलाई माछामा आत्मनिर्भर बनाउन सुपर जोन कार्यक्रम ल्यानुपर्नेमा जोड दिए । मोरङमा २ सय ७५ हेक्टरमा माछा पालन हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कृषि अधिकृत रुद्रप्रसाद फुयलले बताए । उनका अनुसार जिल्लामा ४ सय ५० जना माला पालन कृषकहरू छन् ।

कार्यक्रममा प्रदेश सांसद ज्ञानेश्वर राजवंशी, कल्पना सरदार, परियोजना प्रमुख ननुलाल उराँउ, परियोजनाको अध्यक्ष योगेन्द्र मण्डललगायले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर