RUMPUM
animated ellipse animated ellipse

प्रादेशिक महिला सम्मेलन विराटनगरमा हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ फाल्गुन २०७५, आईतवार १७:५६
36
Shares
विराटनगर / १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलाको सवाल पहिचान गरि लैंगिक नीति तर्जुमा गर्नका लागि प्रादेशिक महिला सम्मेलन गर्ने भएको छ ।

महिला शसक्तिकरणका लागि लक्षित योजना निर्माण गर्ने उद्देश्यसहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रादेशिक सम्मेलन गर्ने भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालका अनुसार फागुन २१ र २२ गते विराटनगरमा महिला सम्मेलन आयोजना गरिने भएको हो । सम्मेलनका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका जनप्रतिनिधी सहित विभिन्न क्षेत्रका पाँचसय महिला नेतृत्वकर्ताहरुको सहभागितामा रहने छ ।

सम्मेलनले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरुको सहभागिता, न्यायसम्पादनमा देखिएका समस्या र महिलालाई मुलप्रवाहीकरणका लागि प्रदेश सरकारको नीतिका बारेमा छलफल गरिने जानकारी दिइएको छ ।

प्रादेशिक महिला सम्मेलनमा संघीय प्रतिनिधिसभा उपसभामुख र प्रदेशसभा उपसभामुखले आफ्नो कार्यपत्र प्रस्तुति गर्नुहुने कार्यक्रम राखिएको छ । उपसभामुखद्वयले प्रादेशिक महिला नीति कस्तो बनाउनु पर्दछ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेपछि त्यस विषयमा छलफल गरेर नीति तर्जुमा गरिने बताइएको छ ।

प्रदेश १ मा ४५ लाख जनसंख्यामध्ये २३ लाख ६८ हजार ४०७ महिलाको संख्या रहेको छ । सम्मेलनमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेका पाँचसय महिलाको सहभागिता गराउने तयारी गरिएको छ । सम्मेलनमा १ नम्बर प्रदेशको १ सय ३७ वटा स्थानिय तहका उपप्रमुख तथा १४ जिल्ला वटै जिल्लाको जिल्ला समन्वय समितिको महिला प्रमुख तथा उपप्रमुखहरूको समेत उपस्थित रहने बताइएको छ । उक्त सम्मेलन गर्न १५ लाख रुपैयाँ मन्त्रालयले बजेट बिनायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर