RUMPUM
animated ellipse animated ellipse

ग्रेडेड स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ फाल्गुन २०७५, आईतवार १६:२२
3
Shares

विराटनगर / विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा साँस्कृतिक पोशाक प्रतियोगिता आयोजना गरेको छ ।

स्कूल परिसरमा आज एक कार्यक्रम आयोजना गरि उक्त प्रतियोगिता आयोजना गरेको हो । साँस्कृतिक पोशक प्रतियोगिताको प्रथम नेहा साहनी र अर्जुन सरदारको जोडी भए । द्धितीय इशानी सिंह र मयङक कामत भए भने तृतीय सुलभ न्यौपाने र प्रेसु पोखरेलको जोडी भएका थिए ।

प्रतियोगिताको उत्कृष्ट पोशकमा साँस्कृति सुवेदी, वेस्ट पर्पmमेन्समा मारिया बस्नेत, वेस्ट मेकअपमा उपसना यादव, बेस्ट कन्फिडेन्टमा प्रतिक्षा श्रेष्ठ, वेस्ट प्रेजेन्टमा आयूषमा श्रेष्ठ घोषित भइन् ।

कक्षा यूकेजी र एलकेजीका गरि ३८ जना विद्यार्थीहरूले प्रतियोगितामा सहभागि जनाएको कार्यक्रम संयोजक लत्ता बस्नेतले जानकारी दिइन् । प्रतियोगिताको निर्णायकहरूमा काशि राजवंशी र सपना दत्त रहेका थिए । प्रतियोगितामा बिजेता हुने विद्यार्थीहरूले आर्षक ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता हुनेहरूलाई पुरस्कार वितरण स्कूलका प्रिन्सिपल तथा प्याब्सन मोरङको सचिब प्रेमलालसिंह सुवालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर