RUMPUM
animated ellipse animated ellipse

पोष्टमार्टम गर्न समय लाग्ने भएपछी टुँडिखेलको श्रद्धाञ्जली सभा शुक्रबारका लागि सर्‍यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७५, बिहीबार १७:१८
3
Shares

काठमाडौं/ ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएकोले टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली सभा सारिएको छ ।

पोस्टमार्टम गर्न समय लाग्ने भएकाले शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि सारिएको हो । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव आज दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।

शवको पहिचान हुन समस्या भएर डिएनए परीक्षण गर्नु परेपछि समय लाग्ने भएको जनाएको छ । डिएनए परीक्षणको नतिजा आउन १० देखि १५ घण्टा लाग्ने भएपछि बिहीबारको कार्यक्रम शुक्रबारसम्मका लागि सारिएको हो ।

ताप्लेजुङको सिस्नेभिरमा हेलिकोप्टर दुर्घटना मन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप- महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर