RUMPUM
animated ellipse animated ellipse

हेलिकोप्टर दुर्घटनामा परेका सवैको शव आज काठमाडौं पठाइँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ फाल्गुन २०७५, बिहीबार ०८:३७
3
Shares

सुकेटार / नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाउँदैछ ।

हिजो दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परि मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो । हिजो साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याए पनि अन्य शव वर्षा र हिउँका कारण उद्धार गर्ने कार्य प्रभावित भएको थियो । उक्त तीन शव आज सेनाको हेलिकोप्टरद्वारा ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर