पूर्वाञ्चल खबर
विराटनगरको आरोहण गुरुकुलमा आज देखि शुरु भएको अन्तराष्ट्रिय नाटक महोत्सव–२०७५ को उद्घाटन गर्दै मुख्यमन्त्री राईले यो महत्सवले देश–देशका बीच कलाकार, रंगकर्मीहरुको अनुभव र भावना साटासाट गर्नलाई मद्दत पुग्ने बताए ।
मुख्यमन्त्री राईले राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान दिन सफल नाटक विद्यामा अहिले पनि आम नागरिकको निकै रुचि रहेको चर्चा गर्दै विराटनगरमा हुने यस्तो महोत्सवले नयाँ उत्साह, जाँगर र तत्परता उत्पन्न हुने
बताए ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य बिनोद ढकालले नाटक नेपाली इतिहासमा पुरानो विद्या भएपनि यसलाई अव नयाँ शैलिबाट सञ्चालन गर्नु पर्ने सुझाव दिए । राष्ट्रिय सभाका सांसद खेम नेपाली, प्राज्ञ दधिराज सुवेदी नाटकले भाषा, कला र साहित्यको प्रचार प्रसार एव्म विकासमा मद्दत पुग्ने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सकारात्मक दिशातर्फ लैजान नाटकको भूमिका महत्वपूर्ण हुने बताए ।
फागनु २४ गते सम्म चल्ने सो नाटकमा नेपाल, बंगलादेश, इटाली, भारत, श्रीलंका, अफगानिस्तान देशका कलाकारहरु सहभागी हुने भनिएको छ ।