खुल्ला रुपमा दुध बेच्न नपाए आन्दोलन गर्ने विराटनगरका डेरी ब्यवसायिको चेतावनी

खबर पूर्वाञ्चल, १३ फाल्गुन २०७५, सोमबार १८:१२

विराटनगर / आगामी चैत्र ४ गतेबाट प्याकेजीङ बाहेक खुल्ला रुपमा दुध बेच्न नपाए आन्दोलन गर्ने विराटनगरका डेरी ब्यवसायिहरुले बताएका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै ब्यवसायिहरुले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवम गुणस्तर निर्देशिका २०७५ अनुसार खुल्ला दुध बेचविखन बन्द गर्ने कदमको विरोध गर्दै दुध बेच्न पाउनुपर्नै माग गरेका हुन् । उनीहरुले थोरै लगानी गरेर सञ्चालनमा ल्याएको आफ्ना साना डेरी उद्योग ठुला डेरीको आग्रहमा सरकारले बन्द गराउन खोजेको आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा हामी डेरी व्यवसायि संघ विराटनगरका अध्यक्ष मनोज भुजेलले साइकलमा राखेर बेच्न पाइने तर हामीले ताजा स्वच्छ दूध किसानबाट लिएर विक्री गर्न नदिने भन्नु अन्याय पूर्ण भएकोले तत्काल निर्देशिका सुधार गर्नु पर्ने बताए । उनले थोरै लगानीमा डेरी सञ्चालन भएकोले प्याकेजीङमा गइहाल्ने अवस्था नभएको भन्दै साना डेरी ब्यवसायिले तुरुन्त लगानी गर्न नसक्ने, बन्द पनि गर्न नसक्ने र समय पनि कम हुँदा अन्याय भएको बताए ।

संघका सदस्य कुलप्रसाद रेग्मीले विराटनगरमा दैनिक ८० हजार लिटर दुध खपत हुने गरेकोमा ७० प्रतिशत साना डेरीले कारोवार गर्ने गरेको बताए । उनले खुल्ला दुध गुणस्तरहिन भए त्यसको चेकजाच गर्नु पर्ने तर ब्यवसाय बन्द नगर्ने चेतावनी दिए । संघका अनुसार विराटनगर महानगर भित्र मात्र २ सय ४५ बटा डेरी पसल रहेका छन् जसले दैनिक करिव ५६ हजार लिटर दुध विक्री गर्दै आएका छन् ।

विराटनगरका डेरी पसलहरुमा ४० करोडभन्दा बढीको लगानी रहेको उनीहरुको दाबी छ । सरकारले दूध विक्रीमा प्रतिबन्ध लगाए आफूहरुको उक्त लगानी डुब्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् । यस्ता डेरीमा ३ लाखदेखि २५ लाख सम्म लगानी भएको उनीहरुको दावी रहेको छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५