RUMPUM
animated ellipse animated ellipse

आठौं राष्ट्रिय खेलकुदका लागि टेवुल टेनिसमा १० खेलाडी छनौट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ फाल्गुन २०७५, सोमबार १६:१७
3
Shares

विराटनगर / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं. १ बाट टेबुल टेनिसमा १० जना खेलाडी छनौट भएका छन् ।

झापाको काकडभिट्टामा सम्पन्न छनौट प्रतियोगितामा महिला ५ र पुरुष ५ जना खेलाडी छनौटमा परेका हुन । छनौट हुनेमा पुरुषतर्फ बोधित डिसी (मोरङ), प्रतीक थापा (सुनसरी), अनमोल विक (सुनसरी), महावीर चौधरी (सुनसरी) र सन्तोष काफ्ले (मोरङ) रहेका छन् । यसैगरि महिलातर्फ गिता भुजेल (सुनसरी), एलिना राई (मोरङ), रुपा लिम्बू (सुनसरी), सोनाम ठाकुर (सुनसरी) र धनमाया राई (सोलुखुम्बु) छनौटमा परेको टेवुल टेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ बोधित डिसी र महिला तर्फ गिता भुजेलले स्वर्ण पदक हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर