RUMPUM
animated ellipse animated ellipse

भाषाशास्त्री पोखरेलको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि, विराटनगरमा मंगलबार सार्वजनिक बिदा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७५, आईतवार १७:४५
3
Shares

विराटनगर /८६ वर्षको उमेरमा निधन भएका भाषाशास्त्री बालकृष्ण पोखरेलको विराटनगरस्थित परोपकार घाटमा राष्ट्रिय सम्मानका साथ झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ ।

नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेलको पार्थिब शरिरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले राष्ट्रीय झण्डा ओढाएका थिए । नेपाली भाषाक्षेत्रमा महत्वपूर्ण योगदान गरेका पोखरेल पहिलो भाषाशास्त्री हुन् । उनले कोलकाता विश्वविद्यालयबाट भाषाशास्त्रमा स्नातकोत्तर गरेका थिए ।

नेपाली भाषाको झर्राेबादी आन्दोलनका अगुवा पोखरेलेको मृत्यु शोकमा विराटनगर महानगर पालिकाले मंगलबार सार्वजनिक विदा दिने घोषण गरेको छ । पोखरेलको योगदानको सम्मान गर्दै आज महानगरको बोर्ड बैठक बसी मंगलबार सार्वजनिक विदा दिने निर्णय मेयर भीम पराजुलीले जानकारी दिए ।

पोखरेलको आज विहान साढे १ बजे विराटनगर–१० मा रहेको आफ्नै घरमै निधन भएको थियो । पोखरेलका १ छोरा र २ छोरी रहेका छन् भने पोखरेलकी श्रीमतीको ४ वर्ष अघि नै निधन भएको थियो । पोखरेलका वृहत नेपाली शब्द कोर्ष, खसजातीको इतिहास र पाँच वर्षको इतिहासलगायत १ सय ५० भन्दा धेरै कृतीहरु प्रकाशित रहेको पत्रकार तथा सहित्यकार मिनकुमार नवोदितले बताए । उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गरेका थिए । यसबाहेक उनी प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार ९२०५५०, उदयानन्द पुरस्कार ९२०५६०, पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट पुरस्कृत भइसकेका छन् ।

पोखरेल लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित रहेका थिए । नेपाली भाषा साहित्यका धरोहर पोखरेललाई भारतको सिक्किममा गत माघ ६ गते मस्तिष्काघात भएको परिवारले जनाएको छ ।

लामो समयदेखि बिरामी पर्दा पनि तीनै तहका सरकारले वास्ता नगरेको गुनासो परिवारले गरिरहेका बेला उनको निधन भएको हो । सरकारले उनको उपचारमा कुनै पनि सहयोग गरेनन् । नेपाली भाषा साहित्यमा ठूलो योगदान दिएका पोखरेलमाथि राज्यको बेवास्थालाई लिएर नेपाली भाषा र साहित्य क्षेत्र आक्रोसित बनेको थियो । पोखरेलको जन्म बिक्रम संवत १९९० मा चिसापानीगढी, मकवानपुरमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर