AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेज मिस्टर एण्ड मिस फ्रेसरको उपाधि प्रवेश र सन्ध्यालाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७५, आईतवार १६:३५
3
Shares

विराटनगर / विराटनगर–९ मा रहेको एम्स कलेजले आयोजना गरेको मिस्टर एण्ड मिस फ्रेसर– २०१९को उपाधि प्रवेश अधिकारी र सन्ध्या खड्काले हात पारेका छ ।

त्यस्तै फस्ट रनर अपमा सुनिता चौधरी र अमनजङ कार्की तथा सेकेण्ड रनर अप रोनिता थापा र सोनु रौनियाले जिते । विभिन्न उपाधि हात पार्ने क्रममा फ्रेसर अफ पपुलारिटि प्रिति घिमिरे, फ्रेसर अफ को–अर्डिनेसन अभिषेक दास, फ्रेसर अफ इन्क्रिडिबल इम्प्रुभमेन्ट आरती चौधरी, फ्रेसर अफ लिडरसिप नरेशकुमार साह, फ्रेसर अफ रेस्पोनसिबिलिटी आर्या बस्नेत र फ्रेसर अफ कटेैसि अजय मण्डलले हात पारे । कलेजले विजेता विद्यार्थीहरुलाई जनही ३० हजार बराबरको छात्रावृति दिने घोषणा गरेको छ । भने साथमा धेरै पुरस्कार, ट्रफि, प्रमाणपत्रले र साम्सले सम्मान गरिएको थियो ।

एम्स कलेजले नव आगन्तुक ब्याचलर प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी गर्ने अभिप्रायबाट कार्यक्रम आयोजना गरेको कलेजले जनाएको छ ।

“अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” कार्यक्रम कलेजले प्रत्येक बर्ष गर्दै आईरहेको छ । “यो एक फरक प्रकारको कार्यक्र रहेको हो ।
विद्यार्थीको प्रतिभा र रुचि नजानि के पढाउने ? किताबी किरो बनाएर मात्र मान्छे गरिखाने बन्न सक्दैन । परीक्षामा पाएको अंकले मात्र मान्छे अब्बल बन्दैन । त्यसैले विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा जोड दिन्छौं र गरिखाने नागरिक बनाउँछौ ।” क्याम्पस प्रमुख सिएम बस्नेतले बताए ।

विविध प्रतिस्पर्धा र तालिमलाई पार गर्दै प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट ६ जना छात्र र ६ जना छात्रा फाइनल राउन्डमा पर्न सफल भएका थिए । राष्ट्रिय शिक्षा अभियानकर्ता अभिषेक घिमिरे, मिस्टर इन्टरनेशनल नेपाल २०१८ साजिद आलम र लायन लिडर रिता तिम्सिनाको निर्णय रहेकका थिए ।

कार्यक्रममा अध्यक्ष तुलसीप्रसाद पोखरेलले विद्यार्थीहरु माझ यसता खाले कार्यक्रम अति नै आवश्यक हुने र एम्स कलेजबाट आचरणयुक्त जनशक्ति र देशलाई चाहिने असल नेतृत्व उत्पादन गर्ने कुरा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर