AArya
RUMPUM
animated ellipse animated ellipse

भाषा सास्त्री पोखरेलको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७५, आईतवार ०८:४०
3
Shares

विराटनगर / नेपाली भाषा र साहित्यका मुर्धन्य व्यक्तित्व भाषा सास्त्री एवं वरिष्ठ साहित्यकार प्राज्ञ बालकृष्ण पोखरेलको निधन भएको छ ।

८६ वर्षीय पोखरेलको आज विहान साढे १ बजे विराटनगर–१० मा रहेको आफ्नै घरमै निधन भएको परिवारले जनाएको छ । पोखरेलका १ छोरा र २ छोरी रहेका छन् भने पोखरेलकी श्रीमतीको ४ वर्ष अघि नै निधन भएको थियो । पोखरेलका वृहत नेपाली शब्द कोर्ष, खसजातीको इतिहास र पाँच वर्षको इतिहासलगायत १ सय ५० भन्दा धेरै कृतीहरु प्रकाशित रहेको पत्रकार तथा सहित्यकार मिनकुमार नवोदितले बताए । उनले नेपाली भाषा र साहित्य नामक ग्रन्थका लागि गद्य विधामा मदन पुरस्कार २०२१ प्राप्त गरेका थिए । यसबाहेक उनी प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०५६), पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट पुरस्कृत भइसकेका छन् ।

पोखरेल लामो समयदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित रहेका थिए । नेपाली भाषा साहित्यका धरोहर पोखरेललाई भारतको सिक्किममा गत माघ ६ गते मस्तिष्काघात भएको परिवारले जनाएको छ ।

लामो समयदेखि बिरामी पर्दा पनि तीनै तहका सरकारले वास्ता नगरेको गुनासो परिवारले गरिरहेका बेला उनको निधन भएको हो । सरकारले उनको उपचारमा कुनै पनि सहयोग गरेनन् । नेपाली भाषा साहित्यमा ठूलो योगदान दिएका पोखरेलमाथि राज्यको बेवास्थालाई लिएर नेपाली भाषा र साहित्य क्षेत्र आक्रोसित बनेको थियो । पोखरेलको जन्म बिक्रम संवत १९९० मा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, ईसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साँहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा प्रख्यात रहेका थिए । भारतको कोलकाता विश्वविद्यालयबाट ऐतिहासिक भाषा सास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा आवद्ध रहेका थिए ।

२०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गराएका पोखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरिररहेका थिए । उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भए । सो समयमा उनले बृहत् नेपाली शब्दकोषको सम्पादनमा गहनतम योगदान पु¥याएको साहित्यकार मीनकुमार नवोदितले बताए । पोखरेलको निधनबाट नेपाली भाषा साहित्यका क्षेत्रमा अपुरणीय क्षति पुगेको उनले बताए । नवोदितले नेपाली भाषा र साहित्यको विकास तथा संरक्षणमा पोखरेलले पु¥याएको योगदानको राज्यको सँधै कदर गर्नु पर्ने बताए । पोखरेलको अन्त्येष्टी आजनै परोपकारघाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर