पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय हात्तिपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिको यही फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने भएको छ ।
विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले आज पत्रकार सम्मेलन गरी महानगरपालिका भित्र हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने जनाएको हो । विराटनगर महानगरमा यसपटक २ लाख ४० हजार मानिसहरुलाई हात्तिपाइले विरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य महाशाखाकी प्रमुख लजिता योञ्जनले जानकारी दिइन् । यसपटक स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा १५ दिन सम्म औषधी खुवाइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । २ सय ९२ केन्द्रहरुवाट औषधि खुवाइने योञ्जनले जानकारी दिइन् । ।
महानगरपालिका भित्रको कुलजनसंख्या २ लाख ४० हजार ५ सय ५ जनामा आथिर्क बर्ष २०७४ सालमा ५३ हजार ५ सय ८८ ले मात्र हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेको तथ्याङक प्रस्तुत गरिएको थियो । यो २६ प्रतिशतले मात्र औषधि सेवन गरेको हो ।
हातीपाइले रोग लागेमा समयमै औषधि सेवन गरेमा यो रोग निको हुने बताउदै प्रदेश स्वास्थ्य कार्यालयका मोरङका प्रमुख ज्ञानवहादुर वस्नेतले सबैलाई औषधि सेवन गर्न अपिल गरे ।
महानगपालिकाका प्रमुख भीम पराजुलीले अभियानलाई सफल वनाउनु प्रमुख, उपपमुख,वडा अध्यक्ष, सदस्यहरुसहित सवैले औषधि सेवन गरी अभियानलाई सफल वनाउने कार्यको शुरुवात गरिने वताए । सो अभियानमा सहयोग गर्न विराटनगर महानगरले सवैलाई आग्रह गरेको छ । महानगरका मेयर पराजुलीले महानगरवासी सवैलाई औषधि खाई रोगबाट बच्न अनुरोध समेत गरे ।