पूर्वाञ्चल खबर
विराटनगर / ओझेलमा परेका क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्ज प्रतियोगिता हुने भएको छ । ओझेलमा परेको पर्यटकीय क्षेत्रको प्रवर्दन गर्ने उदेश्यले वी विल राइज फाउन्डेसनले भिडियो प्रतिस्पर्धा गर्न लागिएको हो ।
आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरि नेपाल भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरेर देशैभरबाट नयाँ गन्तव्यको प्रवद्र्धन गर्न भिडियो च्यालेन्ज गर्न फाउन्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताको जानकारी दिदै आयोजक अहिले देश दौडानमा निस्किएको छ ।
चर्चित पर्यटकीय स्थलमा रहेका तर ओझेलमा परेका विषयदेखि कला÷संस्कृति, गन्तव्य तथा क्षेत्रको बारेमा बनाइएको विभिन्न भिडियोको यही जनावरीदेखि अप्रिलभित्र संकलन गर्ने काम फाउन्डेसनले गरिरहेको छ । भिडियोमा चर्चित पर्यटकीय क्षेत्रका पनि अहिलेसम्म बाहिर नआएका पक्षलाई भिडियोमार्फत बाहिर ल्याउन सकिने छ ।
यसलाई फाउन्डेसनले पर्यटन वर्षका निम्ति राष्ट्रिय अभियानकै रूपमा प्रवर्द्धनका निम्ति अगाडि सारेको छ । व्यावसायिक रूपमै लाग्ने व्यक्तिदेखि मोबाइलबाट भिडियो बनाउन सामान्य व्यक्तिसम्मले प्रतियोगितामा भाग लिन पाउने छन् । स्तरीय विषय भएको जुनसुकै भिडियो पनि उत्कृष्टमा छानिन सक्ने यो प्रतियोगिताको निम्ति फाउन्डेसनले सबै स्थानीय तहबाटै जुनसुकै क्षेत्र र विषयमा पनि भिडियो बनाउन आह्वान गरेको छ ।
देशैभरबाट छानिएका मध्येबाट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट प्रथम भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार प्राप्त गर्नेछ ।
द्धितीयले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन् । पब्लिक च्वाइस अवार्डमा पनि उत्कृष्ट एउटा भिडियोले छनोट हुने र यसले पनि एक लाख रुपैयाँकै पुरस्कार प्राप्त गर्नेछ ।