RUMPUM
animated ellipse animated ellipse

जेभियर्समा खेलकूद सप्ताह सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७५, शुक्रबार १९:२३
18
Shares

टंकि / मोरङको बुढीगङ्गा २ , टंकिसिनुवारीमा रहेको जेभियर्स इङ्ग्लिस स्कूलमा खेलकुद सप्ताह सम्पन्न भएको छ ।

सात दिन सम्म सञ्चालन भएको खेलकुद सप्ताहमा नर्सरीदेखि कक्षा ९ सम्मका ६ सय विद्यार्थीहरुको सहभागिता रहेको स्कूलले जनाएको छ । विद्यार्थीहरुले भलिबल, चेस, टेबल टेनिस, दौड, छेलो, ज्याभ्लिन थ्रो, चकलेट दौड जस्ता विभिन्न ११ वटा खेलमा भाग लिएको विद्यालयका प्रिन्सिपल परेश पोखरेलले जानकारी दिए ।

विद्यालयका खेलकुद प्रशिक्षक मदनकुमार साहका अनुसार ४८ स्वर्ण पदकका साथ रातो सदन प्रथम, ३३ स्वर्ण पदकका साथ निलो सदन द्वितीय र २१ स्वर्ण पदकका साथ हरियो सदन तृतीय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर