RUMPUM
animated ellipse animated ellipse

दिपेश कडेलको अलराउण्डर पर्दशनले होराइजन अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ फाल्गुन २०७५, बुधबार १६:१३
3
Shares
पुष्पराज थपलिया
विराटनगर /दिपेश कडेलको अलराउण्डर पर्दशनले विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा विजयी हुदै होराइजन क्रिकेट क्लव अन्तिम चारमा प्रवेश गरेको छ ।

होराइजले आज भएको खेलमा गुराँस पुस्तकालयलाई ८ विकेटले पराजित अन्तिम चारमा प्रवेश गरेको हो ।

लायन्स क्लव अफ विराटनगर यङ हर्ट तथा मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा ६१ रनको झिनो लक्ष्य पछ्याएको होराइजनले १६ दशमलव २ वलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको छ । होराइजनका दिपेश कडेलले नटआउट ३२ रन जोड्दा लव कामतले २२ रन जोडे । गुराँसका अविज्ञान यादव र साइरस रोयले एक आपसमा १–१ विकेट बाँडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गुराँसले निर्धारित ५० ओभरको खेल मध्य ३१ दशमलव ४ बलमा सवै विकेट गुमाई ६० रनको झिनो योगफल तयार पारेको छ । गुराँसका सकिव हकले सर्वाधिक १७ रन बाहेक अन्य खेलाडिले उलेखनिय योगदान दिन सकेनन् । होराइजनका फिरदोस अन्सारीले ३ विकेट लिँदा अमूत सिंह, दिपेश कडेल र आयुस ओडारीले २–२ विकेट लिए । होराजनका अलराउण्डर खेलाडी दिपेश केडेल खेलको म्यान अफ दी म्याच घोषित भए ।

विहिबारको खेल विराट क्रिकेट क्लव र होराइजन क्रिकेट क्लव विच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर