RUMPUM
animated ellipse animated ellipse

एग्रोभेट क्रिकेट क्लब अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ माघ २०७५, बिहीबार १६:४०
9
Shares

पुष्पराज थपलिया
विराटनगर / विराटनगरमा जारी मोरङ जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै एग्रोभेट क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा आज भएको खेलमा एग्रोभेटले समुह वि को खेलमा इन्द्रेणी क्रिकेट क्लवलाई २ विकेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

६० रनको झिनो लक्ष्य पछ्याएको एग्रोभेटले १८ दशमलव २ बलमा ८ विकेट सो विजय लक्ष्य पार गरेको थियो । एग्रोभेटका लालबाहादुर शर्माले १३ रन बनाउनुबाहेक अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन् । इन्द्रेणीका श्रवण किस्कुले ४ विकेट लिँदा आशिष श्रेष्ठ र विजय यादवले २–२ विकेट लिएका थिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको इन्द्रणीले निर्धारित ५० ओभरको खेलमा २२ दशमलव ४ बलमा सवै विकेट गुमाई ५९ रनमा सिमित भयो । इन्द्रेणीका आशिष श्रेष्ठले २० रनबाहेक अन्य खेलाडीले उलेखनिय पर्दशन गर्न सकेनन् । एग्रोभेटका मुकेश यादवले ३ विकेट लिँदा म्यान अफ द म्याच लालबहादुर शर्मा र वैजनाथ यादवले २–२ विकेट लिए ।

शुक्रबारको खेल एग्रोभेट क्रिकेट क्लव र विनायक क्रिकेट क्लव विच हुने मोरङ क्रिकेट संघका सदस्य राजेश पोखरेलले बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर