पूर्वाञ्चल खबर
ओखलढुंगा / ओखलढुंगाको सिद्धिचरण नगरपालिका ५ रुम्जाटारमा आफ्नै बुहारीले ससुरालाई फलामको ढुंग्री प्रहार गर्दा ससुराको मृत्यु भएको छ ।
बुधवार राती बुहारीको ढुंग्री प्रहारबाट सोही स्थानका ७० वर्षिय ससुरा मकाजी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुविच अंशबण्डाको विषयमा बादविवाद हुँदा गुरुङको आफ्नै वुहारी ३० वर्षीय तारादेवी गुरुङले फलामको ढुंग्रीले टाउकोमा प्रहार गरेकी हुन् ।
ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र बिमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट प्रहरी टोली खटि गई ढुंग्री प्रहार गर्ने बुहारीलाई प्रहरीको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।