RUMPUM
animated ellipse animated ellipse

सालको काठसहित ६ जना तस्करहरुलाई पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ माघ २०७५, बुधबार १९:४१
3
Shares

पथरी / मोरङको पथरीशनिश्चरेबाट सालको अवैध काठसहित ६ जना काठ तस्करहरुलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

ईप्रका पथरीका प्रनानि.प्रेमकुमार जिमीको नेतृत्वको गस्ती टोलीले मंगलबार राति साढे १ बजे वडा नम्वर २ को शान्ति चौकबाट को १ च ९३१८ नम्वरको पिक अप भ्यान दक्षिण लार्दै गरेको अवस्थामा ४३ किवि सालको काठसहित उनीहरु पक्राउ गरेको हो । पिकप भ्यान, काठसहित प्रहरीले भ्यान चालक झापाको दकम नपा–२ का ४८ बर्षीय वुद्घिमान राई, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्वर ५ का ३२ बर्षिय बलवहादुर राई, २६ बर्षीय बालकृष्ण भट्टराई, २० बर्षीय जनम राई, २४ बर्षीय संन्दिप राई,२५ बर्षीय जनक राई र ३३ बर्षीय श्रवण राईलाई पकाउ गरेको छ ।

प्रहरी टोलीले पक्राउ परेको पिकअफ भ्यानबाट रुख कट्न प्रयोग गरिने ३ वटा हातले तान्ने आरा, ४ थान लक्डी उठाउन प्रयोग गरिने काठको गल, १ थान फलामको झम्पल ,४ थान खुकुरी, १० थान मोवाईल फोन र आरामा प्रयोग गरिने ६ थान रेति समेत बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेका सवैलाई आजै गाडी सहित सव डिभिजन वन कार्यालय कानेपोखरीमा आवश्यक कारबाहीको लागी बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर