RUMPUM
animated ellipse animated ellipse

लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०७५, आईतवार १५:४०
3
Shares
विराटनगर / मोरङको विराटनगरबाट लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् ।

विराटनगर १५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट सुनसरी धरान उप महानगरपालिका १९ की ३५ वर्षिय सिर्जना राईलाई लागूऔषधसहित आज प्रहरीले पक्राउ गरेको हो । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले राईलाई लागूऔषध लुपिजेसिक २२ एम्पुल, एभिल २२ एम्पुल, डाईजेल्याब २२ एम्पुल र फेनारागन ४ एम्पुलसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । बरामद लागूऔषध सहित राईलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर